कोरोना भाइरस नेपालः थप १६७ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण

परीक्षण

तस्बिर स्रोत, Getty Images

नेपालमा बिहीवार थप १६७ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,३४४ पुगेको छ।

तीमध्ये ११,२४९ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ३९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

विगत २४ घण्टामा २१३ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन्।

अहिले देशभरि ६,०५६ सक्रिय सङ्क्रमित भएको उनले बताए।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

त्यसपछि सङ्क्रमण पुष्टि हुने मानिसको सङ्ख्या घटिरहेको छ।

कोरोनाभाइरस

सङ्क्रमित कुन जिल्लाका?

बिहीवार सङ्क्रमण पुष्टि भएका विभिन्न ३१ जिल्लाका हुन्।

बिहीवार सबैभन्दा बढी सङ्क्रमित देखिएका जिल्लाहरूमा धनुषा (२७ जना), नवलपरासी पूर्व (१७ जना), ओखलढुङ्गा (१५ जना), कैलाली र कञ्चनपुर (१४-१४ जना) रहेका छन्।

सात प्रदेशमा कोरोनाभाइरस सङ्क्रमणको स्थिति कस्तो छ?. . साउन १ सम्मको विवरण.

अरू तथ्याङ्क के छ?

विगत २४ घण्टामा पीसीआर विधिबाट ४,९८१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

हालसम्म तीन लाख तीन हजार आठ सय दश जनाको पीसीआर परीक्षण गरिएको छ।

अहिले देशभरिका क्वारन्टीनमा मानिसको सङ्ख्या घटेर २३,५०० पुगेको छ। तीमध्ये सुदूरपश्चिममा सर्वाधिक छन्।

coronavirus test
BBC
नेपालमा कोरोनाभाइरस सङ्क्रमण

साउन १ गते बिहीवार अपराह्णसम्मको तथ्याङ्क

  • १७,३४४कुल सङ्क्रमण

  • २१३२४ घण्टामा घर फिर्ता

  • विगत २४ घण्टामा पीसीआर परीक्षण ४,९८१

  • सक्रिय सङ्क्रमित६,०५६

  • देशभरि क्वारन्टीनमा२३,५००

  • अहिलेसम्म निको११,२४९

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, के कोरोनाभाइरस प्रतिरोध गर्ने क्षमता बन्न सक्छ?
कोरोनाभाइरस ब्यानर