तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीता: प्रतियोगितामा सङ्कटापन्न वन्यजीव चीताका उत्कृष्ट तस्बिर
'रिमेम्बरिङ वाइल्डलाइफ' नामक पुस्तक शृङ्खलाले आयोजना गरेको एउटा प्रतियोगितामा चीताहरूका १० वटा तस्बिर सर्वोत्कृष्ट ठहरिएका छन्।
उक्त प्रतियोगितामा २,४०० फोटोग्राफरले केन्या, नामिबिया, टान्जानिया र दक्षिण अफ्रिकामा खिचेका तस्बिरहरू पठाएका थिए।
ती १० तस्बिर आगामी अक्टोबर महिनामा 'रिमेम्बरिङ चीटाज' नामक पुस्तकमा विश्वका अग्रणी वन्यजन्तु फोटोग्राफरले नि:शुल्क उपलब्ध गराएका तस्बिरसँगै प्रकाशित गरिनेछ।
प्रतियोगितामा सहभागी हुँदा फोटोग्राफरहरूले तिरेको शुल्क नामिबिया र केन्यामा सञ्चालित चीता संरक्षण परियोजनालाई दिइनेछ।
अहिले संसारमा ७,००० वटाजति चीता बाँकी छन्। त्यसैले रिमेम्बरिङ वाइल्डलाइफले वन्यजन्तुहरूले खेपेको जोखिमबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।
प्रतियोगितमा सर्वोत्कृष्ट ठहरिएका तस्बिरहरू यहाँ प्रस्तुत छ।
सबै तस्बिरहरूको सर्वाधिक माथि उल्लेख गरिएअनुसार सुरक्षित