कोरोना भाइरस: विश्वभरि सङ्क्रमण हुने मानिसको सङ्ख्या ८० लाख नाघ्यो

संसारभरि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ८० लाख नाघेको छ।

विश्वभरि सङ्क्रमितको कुल सङ्ख्या ८०,३५,३६४ पुग्दा ४,३६,९१८ जनाको मृत्यु भएको तथ्याङ्क जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको छ।

अहिलेसम्मको अवस्थामा अमेरिका कोभिड-१९ बटा सर्वाधिक प्रभावित देश हो।

त्यहाँ २० लाखभन्दा बढी व्यक्ति उक्त भाइरसबाट सङ्क्रमित भएका छन्। तीमध्ये एक लाख जनाभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

गत वर्ष चीनको वुहानबाट फैलिन थालेको भाइरसले विश्वव्यापी महामारीको रूप लिएको छ।

चीनपछि युरोपमा सर्वाधिक प्रभाव पारेको कोभिड-१९ अहिले ल्याटिन अमेरिकामा व्यापक रूपमा फैलिन थालेको छ।

अहिले ब्रजिलमा सङ्क्रमितको सङ्ख्या नौ लाख पुग्न लागेको छ भने पेरूमा दुई लाख जनाभन्दा बढी चिनेमा १,७९,००० जनामा सङ्क्रमण देखिएको जोन्स हप्किन्स यूनिभर्सिटीले जनाएको छ।

  • अमेरिका:२१,१४,०२६ 
  • ब्रजिल:८,८८,२७१ 
  • रुस:५,३६,४८४
  • भारत:३,४३,०९१
  • यूके:२,९८,३१५
  • स्पेन:२,४४,१०९ 
  • इटली:२,३७,२९० 
  • पेरु:२,३२,९९२ 
  • फ्रान्स:१,९४,३०५
  • इरान:१,८९,८७६
  • जर्मनी:१,८७,६८२ 

के छ दक्षिण एशियाको स्थिति?

दक्षिण एशियामा पनि सङ्क्रण बढिरहेको छ।

सङ्क्रमितको सङ्ख्याका आधारमा भारत विश्वभरिकै पाँचौँ स्थानमा पुगेको छ।

भारतमा विगत २४ घण्टामा १०,६६७ जनामा कोरोनाभारइस सङ्क्रमण र ३८० जनाको मृत्यु भएको पुष्टि भयो।

भारतमा अहिलेसम्म ९,९०० जनाको मृत्यु भएको छ।

पाकिस्तानमा भाइरस फैलिने क्रममा नियन्त्रण नभएकाले सरकारले फेरि केही स्थानमा हिँडडुलमा प्रतिबन्ध लगाएको छ।

एक मन्त्रीले जुलाई महिनाको अन्तिमसम्ममा पाकिस्तानमा १२ लाख मानिस सङ्क्रमित हुन सक्ने चेतावनी दिएका छन्।

नेपालमा पनि सङ्क्रमितको सङ्ख्या ६,००० नाघिसकेको छ।