कोरोना भाइरस: सातै प्रदेशका बजेटमा महामारीसँग जुझ्न स्रोतको प्रस्ताव

सातवटै प्रदेशका सरकारहरूले विश्वव्यापी रूपमा देखा परेका कोरोनाभाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित रहँदै प्रदेशसभामा बजेट पेश गरेका छन्।
आगामी आर्थिक वर्षका लागि पेश गरिएका ती बजेट सम्बन्धित प्रदेश सभाहरूबाट पारित भएपछि कार्यान्वयनमा आउनेछन्।
बजेटमा कोभिड-१९ का कारण रोजगारी गुमाएका मानिसहरूलाई स्थानीय स्तरमा नै अवसरहरू दिलाउन कार्यक्रमहरू प्रस्ताव गरिएका छन्।
त्यसका लागि प्रत्येक प्रदेशले विभिन्न किसिमका कार्यक्रमहरू ल्याएका छन् भने ऋण दिने सहितका विकल्प पनि प्रस्तुत गरेका छन्।
यसअघि गएको जेठ १५ गते प्रतिनिधिसभामा केन्द्र सरकारको बजेट पेश भएको थियो।
प्रदेश सरकारहरूलाई बजेट बनाउनका लागि केन्द्रले निश्चित प्रतिशत रकम समानीकरण र समपुरकसहित अनुदानका रूपमा दिने संवैधानिक व्यवस्था छ।
सातवटा प्रदेशका बजेटका मुख्य विनियोजन प्रस्ताव यस्ता रहेका छन्:
प्रदेश १
कुल बजेट: ४० अर्ब ८९ करोड ९९ लाख रूपैयाँ
स्वास्थ्य तथा कोरोनाभाइरस नियन्त्रण अस्पतालको स्तरोन्नति: १ अर्ब ८६ करोड रूपैयाँ
कृषि: ३ अर्ब ८३ करोड रूपैयाँ
श्रम तथा रोजगारी: ४३ करोड रूपैयाँ
शिक्षा: ३५ करोड ९० लाख रूपैयाँ
कोभिडका कारण रोजगार गुमाएकालाई लक्षित कार्यक्रम: ३ करोड रूपैयाँ

प्रदेश २
कुल बजेट: ३३ अर्ब ५६ करोड ९ लाख ९९ हजार रूपैयाँ
कोरोनाभाइरस नियन्त्रण: ७० करोड २७ लाख रूपैयाँ
श्रम तथा रोजगारी: २६ करोड रूपैयाँ
शिक्षा: ५० करोड रूपैयाँ
बाग्मती प्रदेश
कुल बजेट: ५१ अर्ब ४२ करोड ७४ लाख रूपैयाँ
शिक्षा र स्वास्थ्य: १ अर्ब १३ करोड रूपैयाँ
कोभिड नियन्त्रण र उपचार: १९ करोड ४४ लाख रूपैयाँ
गण्डकी प्रदेश
कुल बजेट: ३४ अर्ब ८४ करोड रूपैयाँ
कोरोनाभाइरसको नियन्त्रण र प्रभावसँग जुध्न: झन्डै ३ अर्ब रूपैयाँ
व्यवसाय पुनर्जीवन: १ अर्ब रूपैयाँ
प्रदेश ५
कुल बजेट: ३६ अर्ब ३५ करोड रूपैयाँ
कोभिड-१९ नियन्त्रण तथा उपचार कोष: १० करोड रूपैयाँ
विभिन्न जिल्ला अस्पतालको स्तरोन्नति: १५ करोड रूपैयाँ
कोभिड-१९ विशेष कृषि कार्यक्रम: ६५ करोड रूपैयाँ
कर्णाली प्रदेश
कुल बजेट: ३३ अर्ब ७४ करोड १३ लाख रूपैयाँ
कोभिड १९ नियन्त्रण: २ अर्ब ७७ करोड रूपैयाँ
शिक्षा: ८९ करोड रूपैयाँ
रोजगार: ७ अर्ब रूपैयाँ

सुदुरपश्चिम प्रदेश
कुल बजेट: ३३ अर्ब ३८ करोड १३ लाख रूपैयाँ
कोभिड-१९ का कारण रोजगारी गुमाएकालाई लक्षित कार्यक्रम: १५ करोड रूपैयाँ
बन्दाबन्दीका कारण प्रभावित उद्योग क्षेत्रलाई पुनर्कर्जा: १ अर्ब रूपैयाँ
कोभिड १९ महामारी नियन्त्रण तथा उपचार: ५० करोड रूपैयाँ

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा









