कोरोना भाइरस: न्यूजील्यान्डमा मध्यरातदेखि सबै प्रतिबन्ध फुकुवा

न्यूजील्यान्ड

तस्बिर स्रोत, AFP

न्यूजील्यान्डमा सोमवार मध्यरातदेखि कोरोनाभाइरससम्बन्धी सतर्कता तह सबभन्दा तल्लो तहमा पुर्‍याइने प्रधानमन्त्री जसिन्डा आर्डर्नले घोषणा गरेकी छन्।

त्यसको अर्थ मुलुकभित्र लगाइएका सबै प्रतिबन्धहरू फुकुवा हुनेछन्।

तर सीमा नाका भने अझ पनि बन्द रहने बताइएको छ।

सार्वजनिक र निजी कार्यक्रमहरू, खुद्रा पसलहरू, होटल रेस्टुरेन्टहरू, सार्वजनिक यातायातका माध्यमहरू र घरेलु उडानहरूलाई कुनै प्रतिबन्ध बिना चलाउन दिइनेछ।

आर्डर्नले 'न्यूजील्यान्डले भाइरस जित्न अभूतपूर्व रूपमा एकताबद्ध भएर काम गर्‍यो' भनिन्।

आर्डर्नले 'तर भाइरस निर्मूल नहुने त्यसैले निरन्तरको प्रयास आवश्यक पर्ने' चेतावनी दिइन्।

उनले भनिन्, "न्यूजील्यान्डले कोरोनाभाइरसको नयाँ सङ्क्रमण अवश्य पनि फेरि देख्नुपर्नेछ।"

फिजिका प्रधानमन्त्रीको न्यूजील्यान्डलाई बधाई

गत हप्ता प्रशान्त महासागरीय टापु राष्ट्र फिजिले उसको अन्तिम कोरोनाभाइरस सङ्क्रमित व्यक्ति सञ्चो भएपछि आफैले आफूलाई कोभिड-१९ मुक्त घोषणा गरेको थियो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

सोमवार न्यूजील्यान्डले त्यस्तै घोषणा गरेपछि फिजिका प्रधानमन्त्रीले ट्वीटरमा न्यूजील्यान्डलाई बधाइ दिएका छन्।

न्यूजील्यान्डले कसरी कोरोनाभाइरसलाई जित्यो?

न्यूजील्यान्ड

तस्बिर स्रोत, Getty Images

न्यूजील्यान्डमा अब एउटा पनि सक्रिय कोरोनाभाइरस सङ्क्रमण बाँकी नभएपछि न्यूजील्यान्डले भाइरस जितेको जस्तो देखिएको छ।

शुरूमा न्यूजील्यान्ड असाध्यै छिटो र बृहत् लकडाउनमा गयो। उसका सीमा नाकाहरू १९ मार्चमा बन्द गरिए। त्यतिबेला न्यूजील्यान्डमा ३० वटा मात्र भाइरस सङ्क्रमण पुष्टि भएको थियो।

सात दिनपछि उच्च तहको सतर्कतामा मुलुकलाई लगियो। न्यूजील्यान्डमा कडा लकडाउन लगाइयो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, भाइरस र अन्य कीटाणुबाट जोगिन यसरी हात धुनुपर्छ

पाँच हप्ताको कडा लकडाउनपछि केही घर लगेर खान मिल्ने 'टेकअवे' पसलहरू र केही कम अत्यावश्यकीय व्यवसायहरू पनि खोल्न अनुमति दिइएको थियो।

अन्त्यमा एप्रिलको अन्त्यतिर नयाँ सङ्क्रमण झण्डै शून्यमा झर्‍यो। त्यसपछि त्यहाँ झन् धेरै प्रतिबन्धहरू खुकुलो बनाइयो।

अहिले भाइरस समाप्त भएजस्तो देखिन्छ। तर प्रधानमन्त्री जसिन्डा आर्डनले लामो समयसम्म सीमा नखोल्ने बताएकी छन्।

न्यूजील्यान्डमा जम्मा १५०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो र २२ जनाको मृत्यु भएको थियो।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर