तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: लकडाउनबीच नेटफ्लिक्स प्रयोगकर्ताको सङ्ख्यामा व्यापक वृद्धि
विश्वका विभिन्न मुलुकमा लकडाउन लागु गरिएसँगै घरमै मनोरञ्जन गर्न चाहनेहरूका कारण नेटफ्लिक्सको ग्राहक सङ्ख्यामा यो वर्ष व्यापक वृद्धि भएको छ।
यो वर्षको पहिलो तीन महिनामा नेटफ्लिक्स प्रयोगकर्ताहरूको सङ्ख्या करिब एक करोड ६० लाख बढेको बताइएको छ।
उक्त सङ्ख्या सन् २०१९ मा थपिएका नयाँ ग्राहक सङ्ख्याभन्दा करिब दोबर हो।
तर केही ठूला लगानी रहेका सामग्रीको निर्माणमा संलग्न रहेको उक्त स्ट्रीमिङ सेवाले भने लकडाउनका कारण विश्वभरि नै "प्रायःजसो सबै" छायाङ्कन प्रभावित भएको बताएको छ।
फाइदाजनक
र, विभिन्न देशका मुद्राको मूल्यमा आएको भारी गिरावटका कारण अमेरिकाभन्दा बाहिर थपिएका नयाँ ग्राहकहरू कम्पनीका लागि कोरोनाभाइरसको सङ्क्रमणको प्रभाव देखिन सुरु हुनुअघिको तुलनामा त्यति धेरै फाइदाजनक नरहेको बताइएको छ।
लकडाउनका बेला नेटफ्लिक्स आर्थिक हिसाबले थप बलियो हुने लगानीकर्ताहरूको आशा थियो जसकारण उक्त कम्पनीको शेअर मूल्य ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
स्ट्रीमिङ अर्थात् डाउनलोड नगरिकनै इन्टरनेटको माध्यमबाट चलचित्र र भिडिओजस्ता सामग्री आफ्नो अनुकूल समयमा हेर्न सकिने सेवाको माग यति धेरे बढेको छ कि इन्टरनेट सेवा प्रदायकहरूमा परेको प्रभाव कम गर्न गत महिना नेटफ्लिक्सले आफ्ना भिडिओको गुणस्तर घटाउने बताएको थियो।
उक्त कम्पनीले युरोपमा ग्राहक सेवाका लागि भनेर दुई हजार कर्मचारी थप गरेको छ।
नेटफ्लिक्सले जुन महिनाको अन्तसम्ममा थप ७५ लाख ग्राहक थप्ने अपेक्षा गरिएको छ जुन विश्लेषकहरूले गरेको अपेक्षाभन्दा बढी हो।
तर विश्वव्यापी रूपमा लकडाउन हटाइएसँगै दर्शकहरूको सङ्ख्या घटने कम्पनीले जनाएको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ