तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: सङ्क्रमण रोक्न घरपालुवा जनावरलाई अनावश्यक नछुन सुझाव
- Author, भिक्टोरिया गिल
- Role, विज्ञान संवाददाता, बीबीसी न्यूज
मानिसबाट केही पशुमा पनि कोरोनाभाइरस सरेको केही प्रमाण भेटिएपछि वैज्ञानिकहरूले तिनलाई पाल्ने व्यक्तिलाई लकडाउनका बेला आफ्ना बिराला घरभित्रै राख्न सुझाव दिएका छन्।
दुई घरपालुवा कुकुर, एक बिरालो र एक बाघमा समेत कोरोनाभाइरस सरेको पाइएपछि पशुचिकित्साविज्ञहरूले त्यस्तो सुझाव दिएका हुन्।
हालै न्यूयोर्कको ब्रोङ्क्स चिडियाखानाको बाघमा त्यसको स्याहार गर्ने मानिसबाटै कोरोनाभाइरस सरेको पाइएको थियो।
पशुचिकित्सकहरूले बिराला र कुकुर जस्ता घरपालुवा जनावरबाट तिनका मालिकमा भाइरस सर्ने जोखिम कमै भएको पाइए पनि तिनलाई घरभित्रै राख्न सुझाव दिएका छन्।
सुझाव
ती जनावरका भुत्लाबाट भाइरस सङ्क्रमण फैलिन जोखिम कम गर्न उनीहरूले त्यस्तो सुझाव दिएका हुन्।
ब्रिटिश पशुचिकित्सक सङ्घले मानिसहरूलाई आश्वस्त पार्ने प्रयास गर्दै चिन्तिन भइहाल्नुपर्ने अवस्था नरहेको बताएको छ।
हङ्कङको सिटी विश्वविद्यालयकी डा. एन्जेल एल्मेन्ड्रोजले बीबीसी न्यूजसँग भनिन्, "अहिलेसम्म घरपालुवा कुकुर वा बिरालोले मानिसमा कोभिड-१९ रोग सारेको प्रमाण छैन।"
अध्ययनहरूले बिरालोमा अन्य बिरालोबाट भाइरस सरेको प्रमाण भेटिएको छ।
सावधानी
आफ्ना हातबाट जनावरका भुत्लामा भाइरस सर्न नदिन मानिसहरूले सावधानी अपनाउनुपर्ने सुझाव ब्रिटिश पशुचिकित्सक सङ्घकी प्रमुख ड्यान्येला डोस स्यान्टोसले दिएकी छन्।
उनले भनिन्, "सरसफाइमा ध्यान दिनुहोस् र बिरालाहरूलाई घरभित्रै राख्नुहोस्। जनावरलाई अनावश्यक छुने र अँगालो हाल्ने वा आफ्नो अनुहार चाट्न दिने जस्ता कार्य नगर्नुहोस्।"
"जनावरलाई बाहिर हिँडाउदा अरूले पालेका कुकरलाई छुने जस्ता काम पनि नगर्नुहोस्।"
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ