तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: युरोपमा कोरोनाभाइरस सङ्क्रमितको पहिलो मृत्यु
एकजना चिनियाँ पर्यटकको कोरोनाभाइरस सङ्क्रमणका कारण फ्रान्समा मृत्यु भएको छ।
कोरोनाभाइरस सङ्क्रमणका कारण एशियाबाहिर मृत्यु भएको यो पहिलो घटना हो।
पीडित चीनको हुबे प्रान्तकी ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्यमन्त्री आनियास बिजाँले बताइन्।
उनी १६ ज्यानुअरीमा फ्रान्स आइपुगेको र २५ ज्यानुअरीका दिनदेखि क्वारन्टीनमा राखिएको उनले बताइन्।
मुख्यभूमि चीनबाहिर जम्मा तीनजनाको मृत्यु भएको थियो। हङकङ फिलिपिन्स र जापानमा एक-एक जना सङ्क्रमितको मृत्यु भएको थियो।
चीनभित्रै हालसम्म १५०० जना भन्दा बढी मानिसको मृत्यु भएको छ।
सङ्क्रमण उत्पत्ति भएको मानिएको हुबे प्रान्तमा सबभन्दा धेरै मानिसको मृत्यु भएको छ।
चीनमा हालसम्म कुल सङ्क्रमितको सङ्ख्या ६६ हजार भन्दा बढि पुगेको छ।
फ्रान्सले यसअघि आफ्नो देशमा कोरोनाभाइरस सङ्क्रमित ११ जना रहेको बताएको थियो।
कोरोनाभाइरसलाई औपचारिक रूपमा कोभिड-नाइन्टिन भन्न थालिएको छ।
मृत व्यक्तिकी छोरी पनि सङ्क्रमित रहेको स्वास्थमन्त्री बीजाँले बताइन् र उनी सञ्चो हुने क्रममा रहेको विश्वास राखिएको छ।
चीनबाहिर अहिलेसम्म २४ मुलुकमा ५०० भन्दा बढी सङ्क्रमित भएका छन्।