महाभियोगमा सफाइ पाएपछि खुसीयाली मनाउँदै ट्रम्पले दिए रोषपूर्ण प्रतिक्रिया

झण्डै एक घण्टा चलेको कार्यक्रमलाई ट्रम्पले मन्तव्य वा पत्रकार सम्मेलन केही नभइ सीर्फ 'विजय उत्सव' भनेका थिए।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, झण्डै एक घण्टा चलेको कार्यक्रमलाई ट्रम्पले मन्तव्य वा पत्रकार सम्मेलन केही नभइ सीर्फ 'विजय उत्सव' भनेका थिए।

महाभियोगमा सफाइ पाएको एक दिनपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक कार्यक्रममा आफ्ना राजनीतिक प्रतिद्वन्द्वीमाथि रोष पोखेका छन्।

ह्वाइट हाउसको इस्ट रूममा आफ्ना समर्थक एवं मन्त्रिमण्डलका अधिकारीहरूमाझ बोलेका उनले त्यहाँ बरिष्ठ डेमोक्र्याटहरूलाई 'दुष्ट, स्वार्थी र बेकार'का मानिसहरू भनेका छन्।

झण्डै एक घण्टा चलेको कार्यक्रमलाई ट्रम्पले मन्तव्य वा पत्रकार सम्मेलन केही नभइ सीर्फ 'विजय उत्सव' भनेका थिए।

ट्रम्पले के भने?

"मैले जीवनमा गलत कामहरू पनि गरेको छु, मैले स्वीकार्नेछु… तर यो अन्तिम नतिजा हो," ट्रम्पलाई सफाइ शीर्षक राखिएको एउटा पत्रिका देखाउँदै राष्ट्रपतिले भने।

"हामीहरू अन्यायपूर्ण ढङ्गबाट नर्क अनुभूति गर्नुपर्यो। हामीले केही गलत गरेका थिएनौँ।"

ह्वाइट हाउसमा उनले भने: "त्यो दुष्टता थियो, त्यो बेइमानी थियो।"

"अहिले हामीसँग त्यो ओजपूर्ण शब्द छ। मलाई कहिल्यै लागेको थिएन कि त्यो त्यतिधेरै राम्रो लाग्नेछ।"

"त्यसलाई भनिन्छ- पूर्ण रूपबाट सफाइ।"

कस्तो कार्यक्रम?

बीबीसी संवाददाता ड्यारिओ डोनोघ्युका भनाइमा त्यो आफ्नो औचित्य, कुन्ठा र चिढ्याइ दर्शाउँदै आत्मप्रशंसा गर्ने र आफ्नो बाटोमा आउने राजनीतिक प्रतिद्वन्द्वीलाई अपमानजनक व्याख्या गर्ने कार्यक्रम थियो।

रिपब्लिकनहरूको बाहुल्य रहेको सिनेटले महाभियोगमा दिएको सफाइलाई ट्रम्पले आफूमाथिको पूर्ण अनुमोदनको रूपमा अर्थ्याए।

रिपब्लिकनहरूको बाहुल्य रहेको सिनेटले महाभियोगमा दिएको सफाइलाई ट्रम्पले आफूमाथिको पूर्ण अनुमोदनको रूपमा अर्थ्याए।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रिपब्लिकनहरूको बाहुल्य रहेको सिनेटले महाभियोगमा दिएको सफाइलाई ट्रम्पले आफूमाथिको पूर्ण अनुमोदनको रूपमा अर्थ्याए।

आफ्ना विरोधीहरूको अपमान गर्दै ट्रम्पले ती 'क्षुद्र, घिनलाग्दा र खराब' मानिसहरू रहेको बताए।

सफाइ पाएपछिको उनको उत्सव सन् १९९९ मा राष्ट्रपति बिल क्लिन्टनले त्यस्तै सन्दर्भमा गरेको भन्दा फरक थियो।

त्यसबेला महाभियोग सामना गरेका क्लिन्टनले अमेरिकी जनतासामु मलिन ढंगले माफी मागेका थिए।

'एउटा ठूलो झूट'

रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधवार भएको मतदानमार्फत् ट्रम्पले शक्तिको दुरूपयोग र अमेरिकी संसद्लाई अवरुद्ध तुल्याएको अभियोगमा सफाइ पाएका थिए।

तर महाभियोग सुनुवाइका क्रममा त्यहाँ साक्षी र थप प्रमाण झिकाउने माग भने पूरा भएको थिएन।

ट्म्प

तस्बिर स्रोत, Getty Images

जसलाई सिनेटमा डेमोक्र्याटहरूका नेता चक सुमरले ट्रम्पको महाभियोगलाई वाटरगेट प्रकरण यताकै सबैभन्दा ठूलो झूटको संज्ञा दिए।

अमेरिकामा हालसम्म ट्रम्पबाहेक अन्य दुई जना राष्ट्रपतिले महाभियोगको सामना गरेका छन्।

सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जनसन र सन् १९९८ मा बिल क्लिन्टनविरुद्धको आरोप सिनेटले खारेज गरिदिएको थियो।