तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ह्वाट्स्एप अब लाखौँ मोबाइल फोन सेटमा नचल्ने
सन्देश आदानप्रदानका लागि विश्वभरि प्रयोग हुने ह्वाट्स्एप अब लाखौँ स्मार्टफोनमा नचल्ने भएको छ।
पुरानो अपरेटिङ सिस्टम अर्थात् सञ्चालन प्रणाली भएका एन्ड्रोइड फोन र आईफोनमा अब फेसबुकको स्वामित्वमा भएको उक्त एपले काम गर्नेछैन।
ह्वाट्स्एपका अनुसार आफ्ना प्रयोगकर्ताको गोप्यताको सुरक्षा गर्न उक्त कदम आवश्यक थियो।
यो कदमबाट एन्ड्रोइड २.३.७ र आईओएस ८ (iOS 8) वा तीभन्दा पुराना प्रणाली भएका फोनहरू प्रभावित हुनेछन्।
ह्वाट्स्एपले असङ्गत मानेका पुराना प्रणालीहरू हिजोआज नयाँ फोनमा हालिएको हुँदैन।
ह्वाट्स्एप चलाउन अधिकांश प्रयोगकर्ताले आफ्नो मोबाइलको अपरेटिङ सिस्टम अद्यावधिक गर्न सक्छन्।
तर iOS 7 मात्र स्वीकार्ने आईफोन 4s जस्ता निश्चित फोनमा उक्त एप नचल्ने भएको छ।
सीसीएस इन्साइट्का विश्लेषक बेन वुडका अनुसार आफ्नो सेवा सुरक्षित रहेको सुनिश्चित गर्न ह्वाट्स्एपसँग योबाहेक अरू कुनै विकल्प थिएन।
गत दशकमा सर्वाधिक डाउनलोड भएका एपमध्ये चौथो स्थानमा परेको ह्वाट्स्एपले सन् २०१७ मै आफ्ना प्रयोगकर्तालाई सम्भावित परिवर्तनबारे सूचना दिएको थियो।
उक्त कम्पनीका प्रवक्ताले भनेका छन्, "हाम्रो लागि यो कठिन निर्णय थियो, तर ह्वाट्स्एप प्रयोग गरेर इष्टमित्र, परिवार र आफन्तसँग सम्पर्कमा रहन मानिसहरूलाई राम्रो स्थिति उपलब्ध गराउन सही निर्णय पनि।"
यो पनि हेर्नुहोस्