तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्प महाभियोग: अमेरिकी राष्ट्रपतिको दल भन्छ, 'पक्षपातपूर्ण आक्रोशबाट अघि बढाइएको कदम'
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोग इतिहासकै सबैभन्दा हतारमा गरिएको र अनुचित भएको सिनेटका रिपब्लिकन तर्फका नेता मिच मक्कनेलले बताएका छन्।
डेमोक्र्याटले नेतृत्व गरेको तल्लो सदन प्रतिनिधि सभाले, उनकै शब्दमा, पक्षपातपूर्ण आक्रोश पोख्दा त्यसले भविष्यका लागि एउटा विषाक्त नजिर बसाउने उनले बताए।
तर डेमोक्र्याटस्का नेता चक शुमरले भने मक्कनेलले राष्ट्रपतिका कदमको बचाउमा केही नबोलेको बताए।
आफ्नो भाषणमा मिच मक्कनेलले १२ साता लामो अनुसन्धानले अमेरिकी प्रजातन्त्रका संस्थाहरूमाथि क्षति पुर्याउनसक्ने चेतावनी दिए।
विफल
उनले ट्रम्पले कुनै कानुन तोडेका छन् भन्ने पुष्टि गर्न पनि सदन विफल भएको बताए।
बुधवार अमेरिकी संसद्को तल्लो सदनले ट्रम्पमाथि लागेका दुवैवटा आरोपमा उनलाई महाभियोग लगाउने पक्षमा बहुमत दिएको थियो।
राष्ट्रपतिले आफ्नो शक्तिको दुरुपयोग गरेको र सन् २०२० मा हुने मतदानमा पुन: निर्वाचित हुने सम्भावना बलियो बनाउनका लागि युक्रेनसँग अनुचित तरिकाले सहायता मागेको आरोप उनीमाथि लागेको थियो।
ट्रम्पले अब त्यसबारेको सुनुवाइको सामना माथिल्लो सदनमा गर्नुपर्नेछ।
हटाइने सम्भावना
सिनेटमा रिपब्लिकनहरूको बाहुल्यता रहेकाले उनलाई शक्तिबाट हटाइने सम्भावना भने छैन।
तल्लो सदनका करिब सबै डेमोक्र्याटले अभियोगको पक्षमा मतदान गरेका थिए भने रिपब्लिकनले त्यसको विपक्षमा मत दिएका थिए।
अमेरिकी इतिहासमा सिनेटमा सुनुवाइको सामना गर्नुपर्ने ट्रम्प तेस्रो राष्ट्रपति भएका छन्।
उनले महाभियोग प्रक्रियालाई "छल" भनेका छन्।
सिनेटमा हुने सुनुवाइमा ह्वाइट हाउसका ५३ वर्षीय रिपब्लिकन वकिल प्याट सिपोलोनीले आफ्नो प्रतिनिधित्व गर्ने सम्भावना रहेको ट्रम्पले बताए।