महिला भलिबल: फाइनलमा नेपाल भारतसँग पराजित

महिला भलिबल प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा हार बेहोरेसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो।

मङ्गलवार सम्पन्न खेलमा भारतले नेपाललाई ३-२ को सेटमा पराजित गरेको हो।

खेलमा नेपालले २-१ को अग्रता लिएपनि पछिल्लो दुई सेट गुमाएपछि ऐतिहासिक स्वर्ण पदक जित्ने मौका नेपालले गुमाएको हो।

यद्यपि नेपालले अन्तर्राष्ट्रिय भलिबलमा रजत पदक जितेको यो नै पहिलो पटक हो।