तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत सरकारद्वारा आफ्नो देशको नयाँ नक्सा जारी
भारत सरकारले शनिवार जम्मू-कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि पहिलोपटक नयाँ नक्सा जारी गरेको छ।
यो नक्शा भारतको सर्वे विभागले तयार परेको हो।
त्यहाँको गृह मन्त्रालयले आफ्नो प्रतिवेदनमा भनेको छ: केन्द्र शासित प्रदेश लद्दाखमा दुई जिल्ला हुनेछन्- करगिल र लेह। बाँकी २६ जिल्ला जम्मू-कश्मीरमा रहनेछन्।
नक्सामा के फरक छ?
यो नक्शा बमोजिम अब भारतमा २८ राज्य र नौवटा केन्द्र शासित प्रदेश भएका छन्।
भारत सरकारको प्रतिवेदनमा प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहको सुपरिवेक्षणमा जम्मू-कश्मीर र लद्दाखको सीमा निर्धारण गरिएको बताइएको छ।
५ अगष्ट २०१९ मा भारतीय संसद्मा संविधानको धारा ३७० र ३५ 'ए' लाई निष्प्रभावी बनाउने निर्णय बहुमतबाट गरिएको थियो।
संसद्पछि राष्ट्रपतिले ती धाराहरू निलम्बन गर्दै जम्मू-कश्मीर पुनर्गठन कानुनका लागि मन्जुरी दिएका थिए।
सन् १९४७ मा जम्मू कश्मीरमा १४ जिल्ला थिए।
सन् २०१९ मा सरकारले जम्मू-कश्मीर पुनर्गठन गर्दै १४ जिल्लालाई २८ पुर्याएका थिए।
नयाँ नक्शाबारे सामाजिक सञ्जालमा निकै प्रतिक्रिया व्यक्त भएका छ्न।