तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ब्रेक्जिट: समयसीमा ज्यानुअरी अन्त्यसम्म थपियो
युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले युरोपेली सङ्घबाट ब्रिटेन बाहिरिने समयावधि ज्यानुअरीको अन्त्यसम्म थप गर्ने पुष्टि गरेका छन्।
एउटा ट्वीट गर्दै उनले निर्णयलाई लिखित रूपमा औपचारिकता दिइने बताए।
युरोपेली सङ्घ ईयूका राजदूतहरू उक्त निर्णयमा अन्तिम रूप दिन ब्रसल्समा छलफल गरिरहेका छन्।
ज्यानुअरी ३१ को समयसीमाबारे ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन अनिच्छुक थिए, तर संसद्को निर्णयका कारण उनी त्यस्तो अनुरोध गर्न बाध्य भए।
समर्थन
तर ईयूबाट ब्रिटेन बाहिरिने विषयमा प्रधानमन्त्री जोनसनले संसद्को समर्थन पाए त्यसअघि नै पनि बाहिरिन सक्ने बताउने ठानिएको थियो।
यो प्रस्तावबारे पुन: वार्ता हुन नसक्ने कानुनी प्रावधान पनि हुनसक्ने बताइएको छ।
हाउस अफ कमन्सले प्रधानमन्त्रीको डिसेम्बर १२ तारिखमा आमनिर्वाचन गराउने प्रस्तावलाई अस्वीकार गर्ने ठानिएको छ।