ट्विटरले प्रयोगकर्तासँग माफी माग्यो

ट्विटर

तस्बिर स्रोत, Getty Images

सामाजिक सञ्जाल ट्विटरले "अनजानमा" आफ्ना खाताहरूको सुरक्षाका लागि प्रयोगकर्ताले उसलाई प्रदान गरेका इमेल ठेगानाहरू र फोन नम्बरहरू कतिपय लक्षित विज्ञापनहरूका लागि खुला हुन पुगेकोमा माफी मागेको छ।

कम्पनीले भनेको छ- कुनै प्रयोगकर्ताले आफ्नो सूचना त्यस प्रयोजनका लागि प्रयोग नहोस् भन्ने चाहदाँचाहदैँ पनि तेस्रो पक्षका विज्ञापनकर्ताहरू ट्विटरमा रहेको सम्पर्क विवरणका आधारमा उनीहरू समक्ष पुगेका हुनसक्छन्।

एउटा वक्तव्यमा ट्विटरले, "कति मानिसहरू यसबाट प्रभावित भए भन्ने उसले भन्न नसक्ने" बताएको छ। तर बीबीसीका बुझाइमा विश्वभरका प्रयोगकर्तालाई यसले प्रभावित पार्छ।

कम्पनीले कानुन उलङ्घनबारे सक्रिय रूपमा सीधा ग्राहकहरूसँग सम्पर्क गरेको छैन।

समस्या

उसले उक्त समस्या कहिले पत्ता लगायो भन्ने जनाएको छैन। तर गत सेप्टेम्बर १७ तारिखमा उक्त समस्या हल गरेको बताएको छ।

उसले भनेको छ, "सुरक्षाका लागि सङ्कलन गरिएका इमेल र फोन नम्बरहरू उसले विज्ञापन प्रयोजनका लागि प्रयोग गरिरहेको छैन।"

ट्विटर

तस्बिर स्रोत, Getty Images

ट्विटरले आवश्यक परेका स्थानमा नियामकहरूलाई जानकारी गराइरहेको जनाएको छ।

तर डब्लिनमा युरोपेली मुख्यालय भएको उक्त कम्पनीले आइरिस डेटा प्रोटेक्सन कमिसनरलाई त्यसबारे जानकारी दएकोबारे पुष्टि गरेको छैन।

युरोपेली कानुन अनुसार जुन उद्देश्यका लागि लिइएको डेटा हो त्यसबाहेक अन्य प्रयोजनमा त्यसको प्रयोग हुन्छ भने त्यसबारे प्रयोगकर्तालाई जानकारी दिनु आवश्यक हुन्छ।