ट्विटर: ३३ करोड प्रयोगकर्तालाई पासवर्ड फेर्न आग्रह

ट्विटर

तस्बिर स्रोत, Getty Images

केही प्राविधिक त्रुटि देखिएको भन्दै सामाजिक सञ्जाल ट्विटरले ३३ करोड प्रयोगकर्तालाई आफ्ना खाताको पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ।

आफ्नो आन्तरिक सञ्जालमा केही प्रयोगकर्ताका पासवर्ड खुल्ला रूपमा देखिएको भन्दै ट्विटरले उक्त आग्रह गरेको हो।

पासवर्डहरू चोरिएका वा तिनको दुरुपयोग भएको सङ्केत आन्तरिक अनुसन्धानमा नपाइएको ट्विटरले जनाएको छ।

तर 'पर्याप्त सावधानी' का लागि प्रयोगकर्ताहरूलाई पुरानो पासवर्ड फेर्न ट्विटरले आग्रह गरेको छ।

सङ्ख्या 'उल्लेख्य'

उसले कति पासवर्ड प्रभावित भए त्यो भने स्पष्ट पारेको छैन।

तर प्रभावित भएका खाताको सङ्ख्या 'उल्लेख्य' भएको र केही महिनादेखि पासवर्डहरू खुल्ला रहेको बुझिएको छ।

ट्विटर स्रोतले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार प्राविधिक भाषामा 'बग्' भनिने त्यो त्रुटि केही हप्ताअघि पत्ता लागेको थियो।

त्यसबारे नियामक निकायलाई पनि सूचित गरिएको बताइन्छ।

ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले सो समस्याको निराकरण भइसकेको भन्दै ट्वीट गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

धर्को

यो पनि पढ्नुहोस्

धर्को

कसरी भयो त्रुटि?

ट्विटरको आधिकारिक ब्लगमा 'ह्याशिङ' विधिका कारण सो त्रुटि भएको हो।

प्रयोगकर्ताले लेखेको पासवर्ड ह्याशिङ विधिबाट अरू गुप्त सङ्केतमा रूपान्तरित हुन्छ।

तर बगले ह्याशिङ् विधिद्वारा रूपान्तरण प्रक्रिया सकिनुअघि नै पासवर्डलाई एउटा आन्तरिक कम्प्युटर लगमा सङ्गृहीत गराइदियो।

दु:ख

ट्विटरले आफ्नो ब्लगमा त्यसो भएकोमा दु:ख व्यक्त गरेको छ।

ट्विटर खाताको सुरक्षार्थ एवम् ह्याकिङबाट जोगिन ट्विटरले प्रयोगकर्तालाई पासवर्ड परिवर्तनबाहेक टू-फ्याक्टर अथेन्टिकेशन भनिने सेवा पनि प्रयोग गर्न सुझाव दिएको छ।

पहिला ट्विटरका प्रमुख प्राविधिक अधिकृत पराग अग्रवालले त्रुटिबारे 'सूचना नदिएको भए पनि हुन्थ्यो' तर 'दिनु नै उपुयुक्त' ठानियो भन्ने टिप्पणी गरेका थिए।

तर पछि उनले आफूले त्यसो नभन्नुपर्थ्यो भनेर क्षमायाचना गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

भिडिओ क्याप्शन सुरु हुँदैछ, फेसबुकमा तपाईँले राखेका व्यक्तिगत विवरणहरूको प्रयोग तेस्रो पक्षले कसरी गरिरहेको छ?