तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अफगानिस्तान निर्वाचन: उपराष्ट्रपतिको उम्मेदवारको कार्यालयमा आक्रमण हुँदा २० मारिए
अफगानिस्तानमा आसन्न निर्वाचनमा उपराष्ट्रपतिका उम्मेदवार अम्रुल्लाह सालेहको कार्यालयमा भएको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ।
आइतवार काबुलको ग्रीन ट्रेन्ड कार्यालयमा भएको आक्रमणमा अन्य ५० जना घाइते भएका छन्।
राष्ट्रपतीय निर्वाचनको लागि प्रचारप्रसार सुरु भएको पहिलो दिन सो आक्रमण भएको हो।
आक्रमणमा सामान्य घाइते भएका सालेह राष्ट्रपति अशरफ गनी पक्षका उम्मेदवार हुन्।
गृह मन्त्रालयका एक प्रवक्ताले सो आक्रमण विस्फोटक पदार्थले भरिएको कार लिएर आएका एक आत्मघाती आक्रमणकारीले गरेको बताएका छन्।
कार्यालयनजिकै विस्फोटन भएपछि केही आक्रमणकारीहरू कार्यालय प्रवेश गरेका र सुरक्षाकर्मीको प्रतिकारमा मारिनुअगाडि छ घण्टा रहेको बताइएको छ।
उद्धार
सो कार्यालयबाट एक सय ५० जना सर्वसाधारण नागरिकहरूलाई उद्धार गरिएको थियो।
राष्ट्रपति गनीले आइतवार बिहान मात्रै देशमा शान्ति आइरहेको बताएका थिए।
उक्त आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन।
यस अगाडि दुई पटक सरिसकेको राष्ट्रपतीय निर्वाचन सेप्टेम्बरका लागि तोकिएको छ।