तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फिलिपिन्स भूकम्प: एकैदिन दुई पटक भूकम्प, कम्तीमा ८ को मृत्यु
फिलिपिन्सको एउटा प्रान्तमा दुई पटक भूकम्प जाँदा कम्तीमा ८ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन्।
शनिवार सबेरै देशको उत्तरमा पर्ने बातानेस प्रान्तमा ५. ४ र ५. ९ म्याग्निट्युडको भूकम्प गएको हो। उक्त प्रान्तमा कैयौँ टापु छन्।
मेयर राउल डे सागोनले करिब ६० जना घाइते भएको बताएका छन्।
भूकम्प जाँदा धेरै मानिसहरू घरभित्रै रहेको बताइएको छ।
सखारै
भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छैन।
एकजना प्रहरी अधिकारीले समाचार संस्था एएफपीलाई भने, "मैले घरहरू हल्लिरहेको देखेँ। केही घरका पर्खाल ढले र मानिसहरू च्यापिए।"
"बिहानको मीठो निद्रामा भएकाले भाग्न नपाएर केही मानिसहरूले ज्यान गुमाए।"
फिलिपन्सको रेडक्रसले सामाजिक सञ्जालमा राखेका तस्वीरहरूमा घरहरू भग्नावशेषमा परिणत भएको देखिन्छ।
फिलिपिन्स भूकम्पीय गतिविधि धेरै हुने क्षेत्रमा पर्छ।