तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एपलद्वारा अपाङ्गतासम्बन्धी नयाँ इमोजीहरू जारी
एपलले केही नयाँ इमोजीहरूको घोषणा गरेको छ जसमा ह्वीलचेयरमा बसेको व्यक्ति, छडीको सहारामा हिँडिरहेका व्यक्तिहरू र सुन्ने क्षमता कम भएका व्यक्तिले प्रयोग गर्ने सुन्ने मेसिन पनि रहेको छ।
ती नयाँ इमोजीहरू विश्व इमोजी दिवसको अवसरमा जारी गरिएको हो र तिनले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व राम्रो बनाउने दाबी गरिएको छ।
नयाँ डिजाइनहरू गत वर्ष प्रस्ताव गरिएका हुन् र तिनलाई एपलले प्रयोगकर्ताको लागि यही वर्ष जारी गर्नेछ।
एक एपल प्रवक्ताले भने: "विविधतालाई धेरै तरिकाले ग्रहण गर्ने एपलको मूल्यमान्यता नै हो।"
"यी नयाँ इमोजीहरूले किबोर्डमा भएको ठूलो खाडललाई पुर्नेछ।"
नयाँ इमोजीहरूमा मिलाइरहेको हातमा विविध रङ्ग र जनावर एवम् खानेकुराहरू पनि छन्।
एपलले अहिले २० वटा नयाँ इमोजी जारी गर्ने र वर्षको अन्त्यतिर थप इमोजी घोषणा गर्ने बताइएको छ।
एपलको नयाँ इमोजीको प्रस्ताव युनिकोड कन्सोर्टियमले स्वीकृत गरेको छ।
त्यो समयमा एपलले 'अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो जीवनको अनुभव बोल्न'का लागि नयाँ इमोजीहरू प्रस्ताव गरिएको बताएको थियो।
नयाँ इमोजीहरूको सूची:
- दृष्टिविहीनले प्रयोग गर्ने कुकुर
- छडीको सहाराले हिँडिरहेका पुरुष र महिला
- आफू बहिरा व्यक्ति भएको सङ्केत गरिरहेका पुरुष र महिला
- सुन्ने क्षमता अभिवृद्धि गर्ने मेसिनसहितको कान
- ह्वीलचेयरमा बसेका पुरुष र महिला
- अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्न तालिमप्राप्त कुकुर
- कृत्रिम हात
- कृत्रिम खुट्टा
- हात मिलाइरहेको इमोजीमा विभिन्न रङ्ग जनाउने हातहरू
- हाई गरिरहेको अनुहार
- केही जनावरहरू
- लसुन, वाफल, बटर र बरफको टुक्राजस्ता खानेकुरा
- प्यारासुट, यो यो र चङ्गा
- सुरक्षा ज्याकेट र पौडी पोशाक