तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतसँगको तनावपछि बन्द रहेको हवाई मार्ग पाकिस्तानले खोल्यो
पाकिस्तानले गैरसैनिक उडानका लागि आफ्नो आकाशमाथिको हवाई मार्ग झण्डै पाँच महिनापछि पूर्ण रूपमा खुला गरेको छ।
भारतसँगको तनाव चुलिएको पृष्ठभूमिमा पाकिस्तानले त्यसरी आफ्नो आकाश बन्द गरेपछि अन्यत्रबाट उडान गर्नुपर्दा भारतीय विमान सेवाहरूले करोडौँ डलर घाटा बेहोरेका थिए।
त्यहाँको सरकारी विमान सेवा एअर इन्डियाले त्यसको सबैभन्दा बढी मार खेपेको थियो।
भारतले पाकिस्तानको बालाकोटमा रहेको 'आतङ्ककारी तालिम केन्द्र'मा हवाई हमला गरेको पृष्ठभूमिमा पाकिस्तानले फ्रेबुअरीयता आफ्नो हवाई मार्ग बन्द गरेको थियो।
भारत प्रशासित कश्मीरमा ४० भन्दा बढी सुरक्षाकर्मीको ज्यान जानेगरी भएको हमलाको जवाफमा त्यस्तो कारबाही गरिएको बताइएको थियो।
२६ फेब्रुअरीयता पाकिस्तान भएर जाने उडानहरू रद्द गरिएका थिए भने अन्यको हवाई बाटो फेरिएको थियो।
"तत्काल लागु हुनेगरी पाकिस्तानको हवाई मार्ग सबैखाले नागरिक उडानका लागि तोकिएका रूटमा खुला गरिएको छ," नियामक निकायले हवाई सेवाहरूलाई लक्षित गर्दै जारी गरेको विज्ञप्तिमा जनाएको छ।
यस निर्णयले खासगरी एयर इन्डियालाई सघाउने अपेक्षा गरिएको छ।
पाकिस्तानले आफ्नो आकाश बन्द गर्दा भारतीय हवाई सेवा प्रदायकहरू - एअर इन्डिया, स्पाइसजेट, इन्डिगो र गो एअरले झण्डै ८ करोड अमेरिकी डलरको नोक्सानी बेहोरेको भारतका नागरिक उड्डयनमन्त्री हरदिप सिंह पुरीले हालै संसदमा बताएका थिए।