तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डोनल्ड ट्रम्पले आलोचना गरेका ब्रिटिश राजदूतलाई 'प्रधानमन्त्री मेको पूर्ण समर्थन'
ब्रिटेनकी प्रधानमन्त्रीको कार्यालयले अमेरिकाका लागि ब्रिटेनका राजदूतलाई आफ्नो 'पूर्ण समर्थन' रहेको बताएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ब्रिटिश राजदूत सर किम डारकसँग आफूले काम गर्न नसक्ने बताए पनि १० डाउनिङ्ग् स्ट्रिटस्थित ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेको कार्यालयले आफ्ना राजदूतप्रति आफ्नो समर्थन रहेको बताएको हो।
ट्रम्पको प्रशासन निकम्मा रहेको बेहोरा समेटिएका इमेलहरू चुहिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत सन्देशहरू लेख्दै ब्रिटिश राजदूतको आलोचना गरेका थिए।
प्रधानमन्त्रीको पनि आलोचना
ट्रम्पले त्यस क्रममा युरोपेली संघ ईयूबाट ब्रिटेन औपचारिक रूपमा बहिर्गमन हुने ब्रेक्जिट भनिने प्रक्रिया सम्हाल्ने टरिजा मेको तौरतरिकाको समेत आलोचना गरेका थिए।
त्यसक्रममा मे ले 'गन्जागोल सृजना गरेको' ट्रम्पले उल्लेख गरेका छन्।
ब्रिटिश प्रधानमन्त्रीको कार्यालयले चाहिँ इमेलहरू चुहिनु 'दुर्भाग्यपूर्ण' भएको बताउँदै सर किमले आफ्ना जिम्मेवारीहरू निरन्तर पूरा गरिरहेको बताएको छ।
बीबीसीका न्यू योर्कस्थित संवाददाता निक ब्रायन्टका अनुसार सर किमले मङ्गलवार ब्रिटेनका अन्तर्राष्ट्रिय व्यापार मन्त्री लियाम फोक्ससँगै गएर ट्रम्पकी छोरी इभान्का ट्रम्पलाई भेट्दैछन्।