तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नन्दादेवी हिमालमा हराइरहेका आरोहीको शव देखियो
भारतको हिमालय क्षेत्रमा हराइरहेका आठमध्ये पाँच पर्वतारोहीहरूको शव देखिएको भारतीय सेनाको स्रोतले बताएको छ।
चार ब्रिटिश, दुई अमेरिकी, एक अष्ट्रेलियाली र एक भारतीय नागरिक ७,८१८ मिटर अग्लो भारतको दोस्रो उच्च हिमालमा हराएका थिए।
"उनीहरू पर्वतारोहणकै बाटोमा भेटिएका हुन्," सेनाको एक स्रोतले समाचार संस्था एएफपीलाई बताएको छ।
नन्दादेवी हिमालमा केही हिमपहिरो गएको अनुमान गरिएको छ।
हेलिकप्टर रोक्न नसकिने सो कठिन हिमालबाट ती शवहरू कसरी ल्याउने भनेर सरकारी अधिकारीहरू छलफल गरिरहेका बीबीसी संवाददाता योगिता लिमयले बताइन्।
ती पर्वतारोहीहरू ठूलो हिमपहिरो गएको अघिल्लो दिन मे २६ देखि सम्पर्कविहिन थिए।
सो समूहका अन्य चार पर्वतारोहीहरूलाई आइतवार उद्धार गरिएको र उनीहरूले अन्यको उद्धार कार्यमा सघाइरहेको छन्।
उनीहरू मौसम खराब हुन थालेपछि ओर्लिएका थिए र बाँकी समूहसँग अन्तिम पटक सम्पर्क भएको थियो।
नन्दादेवी विश्वको २३औं अग्लो हिमाल हो जहाँ पहिलो सफल आरोहण सन् १९३६ मा भएको थियो।
आरोहणका लागि हिमालय पर्वत शृङ्खलाको जटिलमध्ये पर्ने भएकाले त्यहाँ त्यस क्षेत्रका अन्य हिमालका तुलनामा कम आरोहीहरू आकर्षित हुनेगरेका छन्।