तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत निर्वाचन: मतगणनाको अन्तिम नतिजा घोषणा
भारतमा तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टीले स्पष्ट बहुमत पाएको छ।
लोकसभाका कुल ५४३ भाजपा ३०३ निर्वाचन क्षेत्रमा विजयी भयो भने कङ्ग्रेस पार्टी ५२ मा सीमित भयो।
भाजपाको गठबन्धनले ३५० क्षेत्रमा जित्यो।
एप्रिल ११ देखि मे १९ सम्म मतदाताहरूले लोकसभाका ५४२ सदस्य चयन गर्नका लागि मतदान गरेका थिए। एक स्थानमा मतदान स्थगित भएको थियो।
देशभरिका ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात चरणमा मतदान भएको थियो। बिहीवार बिहानदेखि मतगणना सुरु भएको थियो।