तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तस्बिरमा जापानी सम्राट आकिहितोको गद्दीत्याग
जापानका सम्राट आकिहितोले मङ्गलवारराजगद्दी परित्याग गरेका छन्। बुधवार बिहान युवराज नारुहितोले क्रिसन्थेमम गद्दी भनेर प्रख्यात जापानी राजसिंहासन सम्हाल्नेछन्।
सम्राटका रूपमा आकिहितोले आफ्नो अन्तिम सम्बोधन गर्दै जापान र विश्वको लागि शान्ति र खुसीको कामना गरेका थिए।
जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन। तर उनी राष्ट्रिय प्रतीकका रूपमा चिनिन्छन्। मङ्गलवार बिहान गोप्य रूपमा सम्पन्न विधिमा उनले आफ्नो पूर्वजहरूलाई गद्दी परित्याग गर्न लागेको "बताएका" थिए।
विधिवत् पदत्याग गरे पनि आकिहितो मध्यरातसम्म सम्राट मानिनेछन्। बुधवार बिहान उनका छोरा युवराज नारुहितोले गद्दी आरोहण गर्नेछन्।
सबै तस्बिरको सर्वाधिकार सुरक्षित