डुङ्गा ठोक्किएपछि दक्षिणी ब्राजिलमा पुल भत्कियो, परा राज्यमा सङ्कटकाल

भिडिओ क्याप्शन सुरु हुँदैछ, पुल भत्किएपछि खिचिएको दृष्य

दक्षिणी ब्राजिलको परा राज्यमा फेरीडुङ्गा ठोक्किएपछि मोजु नदीमाथि बनेको दुई सय मिटर लामो पुलको एउटा खण्ड भत्किएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार ८६० मिटर लामो सो पुलको एउटा खम्बामा डुङ्गा ठोक्किएको थियो र पुलमा गुडिरहेका दुईवटा कार नदीमा खसेका थिए।

सो घटनामा कति व्यक्ति परे वा घाइते भए भन्ने स्पष्ट भएको छैन। गोताखोरहरूले नदीभित्र खोजी गरिरहेका छन्।

सो डुङ्गामा भएका चालकदलका पाँच जना भने सकुशल रहेको बताइएको छ।

पुल भत्किएपछि परा राज्यका प्रमुख एल्दर बाहबाल्योले राज्यमा सङ्कटकाल घोषणा गरेका छन्।

"हाम्रो प्राथमिकता पीडितहरूको खोजी गर्नु र तिनका परिवारलाई पूर्ण रूपमा सहयोग गर्नु हो," उनले सरकारी सञ्चारमाध्यमलाई भने।

बाहबाल्योले ट्विटरमा पुल भत्किएको दृष्य हालेका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

ब्राजिलको एमेजन क्षेत्रमा भएको सो पुल देशको अतिव्यस्त मानिने बेलेङ बन्दरगाह जाने बाटोमा पर्छ।

सरकारी निकायहरूले नदीबाट पुलको भग्नावशेष हटाउने प्रयास गरिरहेका छन्।

पुल नबनुन्जेल मानिसहरूलाई नदी तार्न साना डुङ्गाको व्यवस्था गरिएको छ। नजिकै रहेका अरू पुलका खम्बाहरूमा नदीमा चल्ने डुङ्गालाई सतर्क गराउन सङ्केतहरू राखिएको छ।

स्थानीय सञ्चारमाध्यममा सो पुलका खम्बाहरूमा केही समयअघि गरिएको निरीक्षणमा खिया लागेको देखिएको समाचार प्रकाशित भएको थियो।

सरकारले सो समस्याको समाधान गर्न रकम माग गरेको भए पनि उसले बाटो बन्द गर्ने विषयलाई त्यति गम्भीरतापूर्वक नलिएको बताइन्छ।

पुलमा ठोक्किएको डुङ्गा दर्ता भएर चलेको हो कि हैन भनेर प्रहरीले अनुसन्धान सुरु गरेको समाचारसंस्था एपीले जनाएको छ।

सरकारी अधिकारीहरूले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार यो घटनाका कारण दक्षिणी बन्दरगाहहरूमा खाद्यान्न र अन्य उत्पादनको ढुवानी प्रभावित हुन सक्छ।

सन् २०१४ मा एउटा पनडुब्बी नजिकै रहेको अर्को पुलको खम्बामा ठोक्किँदा पुलको ५० मिटर लामो भाग भत्किएको थियो।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line