डोनल्ड ट्रम्प: परमाणुअस्त्र त्यागे उत्तर कोरिया 'ठूलो शक्ति बन्न सक्छ'

तस्बिर स्रोत, Getty Images
उत्तर कोरियाले आफ्ना परमाणुअस्त्र परित्याग गरे ऊ एउटा "ठूलो आर्थिक शक्ति" बन्न सक्ने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।
आफ्नो ट्वीटमा ट्रम्पले उत्तर कोरियासँग अरूसँग भन्दा बढी तीव्र गतिमा विकास गर्ने सामर्थ्य भएको उल्लेख गरेका छन्।
आफ्ना विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरिया अझै पनि पारमाणविक खतरा रहेको बताएको केही घण्टामै ट्रम्पले त्यस्तो टिप्पणी गरेका हुन्।
ट्रम्प र उत्तर कोरियाका नेता किम जङ-अनबीच दोस्रो शिखरवार्ता यही बुधवार र बिहीवार भियतनामको राजधानी हनोईमा हुँदैछ।
ट्रम्पले लेखेका छन्, "हामी दुवै सिङ्गापुरमा पहिलो वार्तामा भएको प्रगतिलाई निरन्तरता दिने अपेक्षा राख्छौँ।"
उनीहरूबीच गत जुन महिनामा सिङ्गापुरमा पहिलो पटक भेटघाट र छलफल भएको थियो।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1

आइतवार साँझ अमेरिकाका विभिन्न राज्यका गभर्नरहरूलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले आफूले किमसँग "धेरै धेरै राम्रो सम्बन्ध" विकसित गरेको बताएका थिए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2

उत्तर कोरियालाई निरस्त्रीकरण गर्न दबाव दिन आफू हतारमा नरहेको भन्दै ट्रम्पले थपे, "म कसैलाई हतार गर्न लाउन चाहन्नँ। म [अस्त्र] परीक्षण नहोस् भन्ने चहान्छु। परीक्षण नहुने हो भने हामी सन्तुष्ट नै छौँ।"
सिङ्गापुरमा भएको वार्ता ऐेतिहासिक भए पनि दुई नेताहरूले गरेको सहमति अस्पष्ट छ।
उनीहरूले सहमति गरेअनुसार कोरियाली प्राय:द्वीपलाई पारमाणविक अस्त्रमुक्त पार्ने लक्ष्यका लागि त्यसपछि खासै काम भएको छैन।

तस्बिर स्रोत, AFP
ट्रम्पको यो भनाइ दोस्रो वार्तामा भियतनाम जानुअघि आएको हो। उत्तर कोरियाली नेता किम प्योङ्याङबाट रेल चढेर हनोईतिर हिँडिसकेका छन्।
के भने पोम्पेओले?
अमेरिकी विदेशमन्त्री पोम्पेओले दुई नेताहरूको शिखरवार्ताबाट ठूलो प्रतिफल नआउने आशय व्यक्त गरेका छन्। आइतवार फक्स न्यूजसँग कुरा गर्दै उनले भने, "हामीले सबै कुरा यो हप्ता हासिल नगर्न सर्क्छौँ, [तर] हामी महत्त्वपूर्ण कदम चाल्ने अपेक्षामा छौँ।"
प्योङ्याङबाट खतरा नरहेको आशयको राष्ट्रपति ट्रम्पको भनाइभन्दा भिन्न धारणा उनले अर्को अन्तर्वार्तामा व्यक्त गरे।
"के उत्तर कोरिया पारमाणविक खतरा भएको तपाईँ ठान्नुहुन्छ?" सीएनएनमा उनलाई सोधियो। उनले हो भने।
तर राष्ट्रपतिले त त्यस्तो ठान्दैनन् नि भन्ने प्रश्नमा पोम्पेओले भने, "उनले [राष्ट्रपतिले] त्यसो भनेका हैनन् ... उनले के भनेका हुन् मलाई थाहा छ।"
सिङ्गापुरमा किमलाई भेटिसकेपछि ट्रम्पले गत वर्ष ट्वीटमा लेखेका थिए, "मैले पदभार लिएको दिनभन्दा अहिले सबैले आफूलाई सुरक्षित अनुभूत गर्न सक्छन्। उत्तर कोरियाबाट अब पारमाणविक खतरा छैन।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3

दक्षिण कोरियाबाट अमेरिकी सेना नहाटएसम्म आफूले पारमाणुअस्त्र नत्याग्ने अडान उत्तर कोरियाको छ।
विवरणहरूका अनुसार किमको रेल चीनको चाङ्शा नगर हुँदै अगाडि बढेको छ।
उनी सोमवार राति भियतनाम पुग्ने बताइएको छ।
किमले त्यति लामो यात्रा किन रेलबाट गर्न खोजे भन्ने स्पष्ट छैन।
उनका बुवा किम जङ-इल र हजुरबुवा किम इल-सङलाई विमानमा उड्दा डर लाग्ने गरेको बताइन्छ। उनीहरू हवाईयात्रा गर्दैनथे।
गत जुन महिनामा ट्रम्पसँग वार्ता गर्न किम एअर चाइनाको विमान चढेर सिङ्गापुर गएका थिए। उनलाई आफ्ना पूर्वजको जस्तो समस्या नभएको देखिन्छ।
तर विमानबाट भन्दा रेलबाट यात्रा गर्दा धेरै सजिलो हुने बुझाइ विज्ञहरूको छ।
उनी कुन बाटो यात्रा गर्दैछन् भन्ने स्पष्ट त छैन तर स्रोतहरूले समाचारसंस्था रोएटर्सलाई किम भियतनामको सीमावर्ती स्टेशन दोङ दाङमा रेलबाट ओर्लिएर हनोईसम्मको बाँकी बाटो कारबाट जाने जनाएका छन्।
शिखरवार्ता किन भियतनाममा?
वार्ताका लागि भियतनाम धेरै कारणले उपयुक्त स्थान हो।

भियतनामको अमेरिका र उत्तर कोरिया दुवैसँग कूटनीतिक सम्बन्ध छ।
पहिला अमेरिका र भियतनामको शत्रुवत् सम्बन्ध थियो।
तर पुरानो तिक्ततालाई त्यागेर सँगै मिलेर काम गर्न सकिन्छ भन्ने उदाहरण अमेरिकाले भियतनामसँगको वर्तमान सम्बन्धबाट दिने गरेको छ।
भियतनाम र उत्तर कोरिया कम्युनिस्ट शासन भएका देश हुन्। तर भियतनाममा तीव्र गतिमा विकास भएको छ र उसलाई एशियामा चाँडै उँभो लागिरहेको एउटा अर्थतन्त्रका रूपमा लिइन्छ।










