प्योङ्याङका राजा

    News imageNews imageNews image

    अन्तिम बिदाइ

    News image

    डिसेम्बर २८, २०११ को बिहान प्योङ्याङमा कठ्याङ्ग्रिने जाडो थियो।

    हिउँ परिराख्दा एउटा लामो लिङ्कन कन्टिनेन्टल कार बाटोमा बिस्तारै हिँड्दै थियो। त्यसको छानामा गोदावरी फूलको तहमाथि उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-इलको शवपेटिका राखिएको थियो।

    कालो लुगा लगाएका मानिसहरू बाटोछेउ उभिएका थिए। उनीहरू छाती पिट्दै र "बुवा, बुवा" भनी चिच्याउँदै अनियन्त्रित भएर रुन्थे। त्यसो गर्दा सैनिकहरूले उनीहरूलाई अँचेट्थे।

    दिवङ्गत भएका ती निरङ्कुश शासकका छोरा एवम् उत्तराधिकारी किम जङ-अन कार सँगसँगै पैदल हिँड्दै थिए। सत्ताइस वर्षीय किम भावविह्वल देखिन्थे। अन्तिम संस्कारको समारोहमा उनी पटकपटक रोएका थिए।

    किमको पछाडि उनका फुपाजु एवम् उत्तर कोरियामा दोस्रो शक्तिशाली व्यक्ति मानिने च्याङ सङ-थेइक थिए। अर्कोपट्टि सेनाप्रमुख रि यङ-हो र रक्षामन्त्री किम यङ-चन थिए।

    तिनै पाका व्यक्तिहरूको हातमा प्योङ्याङको शक्ति जाने अनुमान त्यति बेला धेरैले गरेका।

    सन् १९५० को दशकमा किम जङ-अनका हजुरबुवा किम इल-सङले कम्युनिस्ट विश्वमा नौलो परम्परा स्थापित गरे - आफ्नै वंशमा उत्तर कोरियाको नेतृत्व जाने।

    झन्डै दुई दशकसम्म किमले आफ्ना जेठा छोरो किम जङ-इललाई उत्तराधिकारीका रूपमा प्रशिक्षित गरे। जहाँ जाँदा पनि 'युवराज' उनीसँगै हुन्थे। सन् १९९४ मा बुवाको मृत्यु भएपछि किम जङ-इलले तुरुन्तै शासनसत्ता सम्हाले। तर सन् २०११ मा उनको अाकस्मिक मृत्यु हुँदा उनका छोराले उत्तर कोरियाको तेस्रो सर्वोच्च नेता बन्न प्रशिक्षण लिन थालेकै थिएनन्। धेरै विशेषज्ञहरूले अब 'एकव्यक्ति शासन' अन्त्य हुने भविष्यवाणी गरे। तर त्यसो भएन।

    डिसेम्बर २०१३ मा किम जङ-अनले सबभन्दा नाटकीय कदम चाले। पार्टीको बैठकबाट उनका फुपाजु च्याङ सङ-थेइकलाई निकालेर लगियो। राजद्रोहको आरोप लगाएर उनलाई मृत्युदण्ड दिइयो। केही अपुष्ट विवरणहरूका अनुसार उनलाई मृत्युदण्ड दिन विमानभेदी तोप हानिएको थियो।

    सन् २०१२ देखि २०१६ सम्म किमले उत्तर काेरियामा अाफ्ना हजुरबुवाकाे पालादेखि कै सबभन्दा ठूलाे पजनी गरे। दक्षिण काेरियाकाे इन्स्टिट्युट फर नेश्नल सेक्युरिटी स्ट्र्याटेजीका अनुसार १४० सैन्य अधिकृतहरूकाे हत्या भएको र अन्य २०० जनालाई कारागारमा राखिएको वा पदमुक्त गरिएको थियाे।

    अाफ्नो बाटोमा तगारोका रूपमा देखा पर्ने सबैलाई हटाएर किमले तिनको स्थानमा अाफूप्रति बफादार कनिष्ठ कार्यकर्तालाइ ल्याएका छन्। किमकी बहिनी किम याे-अनले उनीहरूको नेतृत्व गर्छिन्। गतवर्ष उनी ३० वर्षकै उमेरमा पाेलिटब्युराेमा नियुक्त भएकी छन्।

    प्याेङ्याङकाे सत्ताकाे नेतृत्व कोसँग छ भन्ने अहिले कुनै सन्देह छैन। किम जङ-अन नै त्यहाँका सर्वाेच्च नेता हुन्।

    डिसेम्बर २०११ मा किम जङ-इलकाे अन्तिम संस्कारमा सहभागी हुँदै किम जङ-अन र उनका फुपाजु च्याङ सङ-थेइक।

    दुई वर्षपछि च्याङ मारिए।
    News image

    पुलमा चिया

    News image

    सन् २०१८ एप्रिल महिनाकाे न्यानो मध्याह्न। किम जङ-अन उत्तर र दक्षिण काेरियाको सीमास्थित असैनिकीकृत क्षेत्रमा भएको ज‍ङ्गलमा एउटा काठेपुलमा छन्।

    प्योङ्याङमा त्यो कठ्याङ्ग्रिने जाडो दिनपछि छ वर्ष बितिसकेको छ।

    चियाकाे चुस्की लिँदै किम ध्यानपूर्वक दक्षिण काेरियाका राष्ट्रपति मून जे-इनका कुरा सुनिराखेका छन्। संसारभरि नै टेलिभिजनमा यो भेटको प्रत्यक्ष प्रसारण हुँदैछ। तर उनीहरूले के कुरा गरेका हुन् त्यो दर्शकले सुन्दैनन्।

    संसारभरि धेरैले अाधा घण्टा लामो यो वार्तालापको स्वरविहीन दृश्य हेर्दै उनीहरूको भावभङ्गी बुझ्ने प्रयास गर्दैछन्।

    यो भेटको केही महिनाअघि किमले जापानको आकाशमाथिबाट क्षेप्यास्त्रहरूको परीक्षण गरेका थिए। र, उनले सोल र अमेरिकामा आगो वर्षाउने धम्की पनि दिएका थिए।

    तर अहिले उनी अारामपूर्वक बसेका छन् र हाँस्दै अाफ्ना 'प्रधान शत्रु' सँग गम्भीर कुराकानी गर्दैछन्।

    किमलाई यो रूपमा देखेर कसले पो उनले अाफ्नै फुपाजुको हत्या गराएका थिए भनेर पत्याउला?

    धेरै प्रश्नहरू छन्। किम अाखिर के चाहन्छन्? के याे छल हो? कि आफ्नो हितका लागि विशेष चाल हो? किम जङ-अन अाफ्ना हजुरबुवा किम इल-सङ र बुवा किम जङ-इलले अनुसरण गरेको शैलीभन्दा पृथक् शैली अङ्गीकार गर्न पो प्रतिबद्ध छन् कि?

    साना जनरल

    News image

    सन् १९९२ काे कुरा हाे। प्याेङ्याङस्थित एउटा विलासी निवासमा एक अाठ वर्षीय बालकको जन्मोत्सवमा विशेष भोज आयाेजना गरिएकाे थियाे। उनले पाएका उपहारमध्ये एउटा विशेष थियाे।

    त्याे जनरलकाे पाेसाक थियाे। सक्कली नै। सानाे आकारको भए पनि काेरियाली जनसेनाका जनरलले लगाउने औपचारिक पोसाक।

    "उनलाई सामान्य मानिसजसरी हुर्कन असम्भव थियाे ”

    गो यङ-सुक

    उक्त भोजमा वरिष्ठ जनरलहरू पनि उपस्थित थिए। उनीहरूले ती बालकलाई अभिवादन गरे। उनी किम जङ‍-अन थिए।

    ती बालक कसरी 'जनरल किम' बने भन्ने वृत्तान्त सन् २०१६ द वाशिङ्टन पाेस्टमा प्रकाशित किमकी सानीमाकाे अन्तर्वार्तामा उल्लिखित छ। झन्डै दुई दशकअघि गो यङ-सुक र उनका श्रीमान् पाश्चात्य देशकाे शरणमा पुगेका थिए। उनीहरू अहिले न्यू याेर्कबाहिर कतै गुप्तवासमा छन्।

    उक्त जन्मोत्सवदेखि नै किम जङ-अनलाई किम जङ-इलकाे उत्तराधिकारीका रूपमा छानिएको आफूलाई लागेको उनले अन्तर्वार्तामा बताएकी छन्।

    "सबैबाट त्यस्तो व्यवहार पाएका हुनाले उनलाई सामान्य मानिसजसरी हुर्कन असम्भव थियाे," गोले बताइन्।

    त्यसकाे केही वर्षपछि अध्ययनका लागि किमलाई स्विट्जर्ल्यान्डस्थित एउटा निजी विद्यालयमा पठाइयो। उनीसँगै गो यङ-सुक पनि गइन्।

    गोका अनुसार किशाेरावस्थामा किम रिसाहा र अहङ्कारी थिए।

    "उनी समस्या त सिर्जना गरिहाल्दैनथे, तर रिसाइहाल्ने स्वभाव भएका र असहिष्णु थिए। एकचोटि पढाइमा ध्यान नदिएको र खालि खेलिराखेको भनेर उनकी आमाले गाली गर्दा किमले प्रत्युत्तर त दिएनन्, तर भाेकै बसिदिए।" उनी यस्तै अरू तरिकाले प्रतिवाद गरिदिन्थे।

    किमकाे बाल्यकालका बारेमा हामीलाई यस्तै स-साना कुराहरू मात्र थाहा छ। तर उनी कस्ता व्यक्ति हुन् र किन उनका सहोदर दाजु किम जङ-चल र साैतेनी दाजु किम जङ-नामलाई नछानेर उनलाई उत्तराधिकारीका रूपमा छानियो भनेर बुझ्न ती पर्याप्त छैनन्।

    किम जङ-अनले पछि सत्ता सम्हाल्ने पूर्वानुमान सबैभन्दा पहिले केन्जी फुजिमाेताे भनेर चिनिने एक जना जापानी सुशी शेफले गरेका हुन्।

    सन् १९९० काे दशकमा फुजिमाेतो किमका विश्वासपात्रहरूको समूहमा सदस्यजस्तै बन्न पुगेका थिए। उनी किम जङ-इलका लागि जापानी परिकार बनाउँथे। फुजिमोतोका अनुसार बालक किम जङ-अन उनीसँग खेल्ने गर्थे।

    सन् २००१ मा फुजिमाेताे स्वदेश फर्किए र एउटा पुस्तक लेखे। त्यसमा उनले किम जङ-अन र उनका दाजु किम जङ-चलसँगकाे आफ्नो पहिलाे भेटबारे वर्णन गरेका छन्।

    ''पहिलाेचोटि मैले यी दुई तन्नेरी राजकुमारहरूलाई भेट्दा उनीहरू दुवै जना सैन्य पाेसाकमा थिए। उनीहरूले पालैपालाे सबै कर्मचारीसँग हात मिलाए। मसँग हात मिलाउने पालाे आउँदा राजकुमार किम जङ-अनले मलाई एकटकले हेरे। त्याे 'तिमीजस्ता जापानीलाई हामी घृणा गर्छौँ' भन्न खाेजिएजस्ताे थियाे। सातवर्षे बालककाे त्याे बिझाउने हेराइ म कहिल्यै बिर्सिन्नँ।''

    सन् २००३ मा प्रकाशित अाफ्नाे दाेस्राे पुस्तकमा फुजिमाेताेले लेखेका छन्:

    "किम जङ-चललाई सबैभन्दा सम्भावित उत्तराधिकारीका रूपमा हेरिन्छ। तर त्यसबारे मलाई शङ्का लाग्छ। किम जङ-इल भन्ने गर्थे, 'जङ-चल उपयुक्त छैनन्, उनी केटीजस्ता छन्।' कान्छा छाेरा अर्थात् दाेस्रा राजकुमार उनका लागि प्रिय छन्। जङ-अन धेरै किसिमले बुवाजस्तै छन्। उनको शारीरिक संरचना पनि बुवाको जस्तै छ। तर उनका बारेमा बाहिर धेरै कुरा बताइएकाे छैन।"

    त्याे एउटा महत्त्वपूर्ण भविष्यवाणी थियाे। त्यति बेलासम्म बाहिरी संसारलाई त परै जाअाेस् किमका बारेमा उत्तर काेरियाली जनतालाई नै थाहा थिएन। उनकाे अधिकांश बाल्यकाल अझै रहस्यमै थियो।

    वंशभित्र सङ्घर्ष

    News image

    चाेइ मिन-जुन १४ वर्षको उमेरमै सुप्रिम गार्ड भनिने उत्तर काेरियाली सैन्यकाे एउटा महत्त्वपूर्ण टुकडीका लागि छानिए। उत्तर काेरियाबाट भागेका उनी हिजोआज अाफ्नाे वास्तविक परिचय लुकाएर दक्षिण काेरियामा बस्छन्।

    उत्तर कोरियामा शासन गर्ने किमवंशको रक्षार्थ खटिएको सुप्रिम गार्ड कमान्डको एक झलक देख्ने अवसर हामीलाई केही अघि जुर्‍यो। गतएप्रिलमा दक्षिण काेरियाली राष्ट्रपति मून जे-इनसँग शिखरवार्ता गर्न किम जङ-अन अाउँदा अग्लो कद भएका एवम् टाई र काेटमा चिटिक्क परेका सुरक्षाकर्मीहरू किमको मर्सिडिज गाडीसँगै दौडिँदै गरेको दृश्य देखिएकाे थियाे। उनीहरू सर्वश्रेष्ठ मानिएको सुप्रिम गार्ड कमान्डभित्रका पनि सर्वश्रेष्ठ सैनिक हुन्।

    चाेइ मिन-जुनले भने उक्त समूहको सदस्य बन्ने अवसर पाएका थिएनन्। त्यसका लागि उनको उचाइ पुग्दैन थियो। तर त्याेभन्दा पनि महत्त्वपूर्ण पक्ष उनको पारिवारिक पृष्ठभूमि थियो।

    "म कुलीन वर्गमा जन्मिएकाे थिइनँ," चाेइले मलाई बताए, "त्यसैले मैले सर्वाेच्च नेताकाे निजी सुरक्षाकर्मीकाे भूमिका निर्वाह गर्न पाउन्नथेँ। बरु मलाई उनको लडाकु टोलीमा पठाइयो।"

    अाफूलाई समाजवादी देश घोषणा गरेको भए पनि उत्तर काेरियामा कडा जातीय व्यवस्था छ जसले जन्मदेखि नै मानिसकाे वर्गीकरण गर्न थाल्छ। यसलाई सङ्पन भनिन्छ। एनकेन्यूज वेब्साइटले सङ्पनको व्याख्या यसरी गरेकाे छ:

    "यसले नागरिकहरूलाई समूहमा विभाजित गर्छ। व्यक्तिका पितापुर्खाले जापानको अाैपनिवेशिक काल र काेरियाली युद्धताका गरेको याेगदान र अवस्थाका अाधारमा त्यस्ताे वर्गीकरण गरिन्छ। सङ्पनले नै राजधानीमा काेही बस्न पाउने वा नपाउने, कसले कहाँ काम गर्न पाउने र कस्ताे शिक्षा पाउने भन्ने निर्धारण गर्छ।"

    सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने सङ्पनले तय गरिदिने सामाजिक हैसियत अपरिवर्तनीय हुन्छ। यदि बाजेले उपनिवेशकालमा जापानविरुद्ध लडेका थिए भने नातिपुस्तालाई पनि 'निष्ठावान्' मानिन्छ। जापानीका लागि काम गरेका व्यक्तिका सन्तान भने सदैव 'शत्रु' दरिन्छन्।

    "किमपरिवारका लागि सबै जना सम्भावित शत्रु हुन्। उत्तर काेरियाली सेना, जनरल स्टाफ डिपार्ट्मेन्ट, रक्षा मन्त्रालय र समस्त उत्तर काेरियाली नागरिक - उनीहरू सबै सम्भावित शत्रु हुन्।"
    News image

    चाेइको परिवारमा सबै जना श्रमिक कृषक थिए। उनीहरूले जापानीहरूका लागि कहिल्यै काम गरेनन्, तर तिनको विराेध पनि गरेका थिएनन्। त्यसैले चाेइलाई लडाकु टोलीमा पठाइयो। त्यतिखेर 'हैसियत'ले उनकाे निष्ठामा कुनै असर पारेको थिएन।

    "उत्तर काेरियामा तपाईँलाई सानै बेलादेखि ब्रेन्-वाश्ड गरिन्छ," उनले भने, "मलाई किमका परिवार भगवान् हुन् भनेर सिकाइएको थियो। र, मैले त्यसलाई पत्याएँ।"

    "किम इल-सङले नववर्षकाे आफ्नो सम्बाेधनमा यसपालि हामीले अझ बढी काेइला खन्नुपर्छ भन्दा मैले 'खानीमा म जान्छु' भनेँ। किमकाे परिवारको म त्यति धेरै अन्धभक्त थिएँ।"

    चाेइले छिट्टै नै के बुझे भने सुप्रिम गार्ड कमान्ड किमपरिवारलाई विदेशी शत्रुबाट नभई अाफ्नै नागरिकबाट सुरक्षित राख्न गठन गरिएको थियो।

    "किमपरिवारका लागि सबै जना सम्भावित शत्रु हुन्," उनले मलाई भने। "उत्तर काेरियाली सेना, जनरल स्टाफ डिपार्ट्मेन्ट, रक्षा मन्त्रालय लगायतका समस्त उत्तर काेरियाली नागरिक - उनीहरू सबै सम्भावित शत्रु हुन्।"

    चाेइलाई कसैलाई पनि अर्थात् उनका अाफ्नै अभिभावकलाई पनि विश्वास नगर्न प्रशिक्षित गरिएको थियाे।

    किमपरिवारको सन्देह बढ्दै जाँदा यो निजी सुरक्षा दलकाे सङ्ख्या पनि बढ्दै गयाे।

    "इस्टर्न ब्लकको पतन र साेभियत सङ्घकाे विघटन देख्दा किमपरिवार आश्चर्यचकित भयो," उनले सुनाए, "उनीहरूले सुप्रिम गार्ड कमान्डको सङ्ख्या ह्वात्तै बढाए। अहिले त्यसकाे सङ्ख्या झन्डै १,२०,००० छ।"

    मध्ययुगीन राजवंशजस्तै शासकहरूको यो परिवार पनि शक्तिप्रति आशक्त छ र जताततै शत्रुहरू मात्र देख्छ।

    समयक्रमका विभिन्न राजपरिवारले गरेजसरी नै अाफ्नाे सत्ता जोगाउन कहिलेकाहीँ यसले पनि हत्या गर्छ।

    चाेइको परिवारमा सबै जना श्रमिक कृषक थिए। उनीहरूले जापानीहरूका लागि कहिल्यै काम गरेनन्, तर तिनको विराेध पनि गरेका थिएनन्। त्यसैले चाेइलाई लडाकु टोलीमा पठाइयो। त्यतिखेर 'हैसियत'ले उनकाे निष्ठामा कुनै असर पारेको थिएन।

    "उत्तर काेरियामा तपाईँलाई सानै बेलादेखि ब्रेन्-वाश्ड गरिन्छ," उनले भने, "मलाई किमका परिवार भगवान् हुन् भनेर सिकाइएको थियो। र, मैले त्यसलाई पत्याएँ।"
    "किम इल-सङले नववर्षकाे आफ्नो सम्बाेधनमा यसपालि हामीले अझ बढी काेइला खन्नुपर्छ भन्दा मैले 'खानीमा म जान्छु' भनेँ। किमकाे परिवारको म त्यति धेरै अन्धभक्त थिएँ।"

    चाेइले छिट्टै नै के बुझे भने सुप्रिम गार्ड कमान्ड किमपरिवारलाई विदेशी शत्रुबाट नभई अाफ्नै नागरिकबाट सुरक्षित राख्न गठन गरिएको थियो।

    "किमपरिवारका लागि सबै जना सम्भावित शत्रु हुन्," उनले मलाई भने। "उत्तर काेरियाली सेना, जनरल स्टाफ डिपार्ट्मेन्ट, रक्षा मन्त्रालय लगायतका समस्त उत्तर काेरियाली नागरिक - उनीहरू सबै सम्भावित शत्रु हुन्।"

    चाेइलाई कसैलाई पनि अर्थात् उनका अाफ्नै अभिभावकलाई पनि विश्वास नगर्न प्रशिक्षित गरिएको थियाे।

    किमपरिवारको सन्देह बढ्दै जाँदा यो निजी सुरक्षा दलकाे सङ्ख्या पनि बढ्दै गयाे।

    "इस्टर्न ब्लकको पतन र साेभियत सङ्घकाे विघटन देख्दा किमपरिवार आश्चर्यचकित भयो," उनले सुनाए, "उनीहरूले सुप्रिम गार्ड कमान्डको सङ्ख्या ह्वात्तै बढाए। अहिले त्यसकाे सङ्ख्या झन्डै १,२०,००० छ।"

    मध्ययुगीन राजवंशजस्तै शासकहरूको यो परिवार पनि शक्तिप्रति आशक्त छ र जताततै शत्रुहरू मात्र देख्छ।

    समयक्रमका विभिन्न राजपरिवारले गरेजसरी नै अाफ्नाे सत्ता जोगाउन कहिलेकाहीँ यसले पनि हत्या गर्छ।

    दाजु

    News image

    फेब्रुअरी १२, २०१७ मा मलेशियाकाे राजधानी क्वालालम्पुरस्थित केही व्यक्तिहरू एउटा रेस्टुराँमा भेला भएका थिए। उनीहरू इन्डाेनेशियाली महिला सिती एेस्याहका साथी थिए र उनको पच्चीसौँ जन्मदिन मनाउँदै थिए। उनका एक जना साथीले फोनबाट खिचेकाे भिडिओमा ऐेस्याहलाई हाँस्दै, मैनबत्ती निभाउँदै गरेको तथा गाउँदै गरेको देखिन्छ।

    एेस्याहका अनुसार उनले त्यस साँझ साथीहरूलाई एउटा उत्साहप्रद समाचार भएकाे बताएकी थिइन्। उनले एउटा टेलिभिजन रियालिटी शोमा काम पाएकी थिइन्। र, उनी क्वालालम्पुरस्थित एउटा दुर्गन्धित बाथहाउसको पट्यारलाग्दाे जागिरबाट मुक्त हुँदैथिइन्। उनका साथीहरूले टाेस्ट गर्दै भने, "तिमी त अब स्टार बन्नेभयाै!"

    भोलिपल्ट बिहान क्वालालम्पुर विमानस्थलमा सिती एेस्याहले आफ्नो निशाना फेला पारिन्। निलाे टीशर्ट र स्पाेर्ट्स ज्याकेट लगाएका तालु खुइलिँदै गरेका मोटा पुरुष। ती पुरुष आगमन काउन्टरमा पुगेका थिए। त्यही बेला ऐेस्याह उनीतिर गइन् र उनको अनुहारमा एउटा तरल पदार्थ छ्यापिदिइन्।

    "तिमीले याे के गरेकाे ?" टुटेफुटेकाे अङ्ग्रेजीमा उनी चिच्याए।

    सरी भन्दै उनी त्यहाँबाट टाप कसिन्।

    बयानमा एेस्याहले त्यो टेलिभिजन कार्यक्रमका लागि गरिएको एउटा उटुङ्गो काम भएको दाबी गरेकी छन्। तर उनले मलेशियाली अधिकारीहरूबाट मुक्ति पाइनन् र उनलाई हत्याको अभियोग लागेको छ।

    किम जङ-नमकाे हत्या अभियाेगमा पक्राउ परेपछि सिती एेस्याह 

    किम जङ-नमकाे हत्या अभियाेगमा पक्राउ परेपछि सिती एेस्याह 

    उक्त घटना भएकाे स्थलभन्दा केही मिटर पर एउटा रेस्टुराँमा उत्तर काेरियाली गुप्तचर भन्ठानिएका केही व्यक्तिहरू थिए। उक्त घटना भएसँगै उनीहरू अाफ्नाे योजना पूरा भएकोमा विश्वस्त भए। सीसीटीभीले खिचेको दृश्यमा उनीहरूलाई बहिर्गमन द्वारतर्फ जाँदै गरेको र दुबई जाने विमान चढेको देखिन्छ।

    ती माेटा व्यक्तिलाई भने अब गाह्रो हुन थालिसकेको थियो। उनकाे अनुहारमा नराम्ररी चिलाउन थालेको थियो र उनलाई सास फेर्न पनि गाह्राे हुँदै थियाे। केही मिनेटमै उनी एउटा कुर्सीमा बसे र त्यहीँ ढले।विमानस्थलका कर्मचारीहरूले एम्बुलेन्स बाेलाए। क्वालालम्पुरतर्फ एम्बुलेन्स कुदिरहँदा अनुहारमा छ्यापिएकाे तरल पदार्थ उनकाे फाेक्साेमा पुगिसकेकाे थियाे। र, उनकाे मृत्यु भयाे।

    राहदानीमा उनी किम चुल नाम गरेका उत्तर कोरियाली कूटनीतिज्ञ भएको विवरण थियो। तर उनी किम जङ-नम थिए। किम जङ-अनका साैतेनी दाजु।

    किम जङ-नमलाई भीएक्स नाम गरेको स्नायुप्रणालीमा असर पुर्‍याउने शक्तिशाली विष प्रहार गरिएकाे थियाे। सास फेर्दा त्यो विषको एक थाेपा मात्रै पनि शरीरभित्र पुगे ज्यान जान्छ।

    किमकाे धृष्टतापूर्वक हत्या गरिएको थियो। उत्तर काेरियाले त्यसमा अाफ्नाे संलग्नता अस्वीकार गरेको भए पनि सबै प्रमाणहरूले भने प्याेङ्याङमा भएका उनका साैतेनी भाइतर्फ नै सङ्केत गर्थे। तर हत्याको उद्देश्य के थियाे त?

    उनीहरूका बुवा किम जङ-इलकाे प्रेमजीवन जटिल थियाे। आधिकारिक रूपमा उनका दुई पत्नीहरू थिए र कम्तीमा तीन भित्रिनीहरू। उनीहरूबाट उनले पाँच छाेराछाेरी जन्माएका थिए।

    किम जङ-नम जेठी भित्रिनी सङ हाइ-रिमबाट जन्मेका थिए। किम जङ-अन चाहिँ उनकी माइली भित्रिनी गो यङ-हुइबाट जन्मेका कान्छा छाेरा हुन्। गो जापानमा जन्मिएकी पूर्वअभिनेत्री थिइन्। वृद्ध किम जङ-इल आफ्ना भित्रिनीहरू र तिनबाट जन्मेका सन्तानसँग सम्बन्धित सूचना गाेप्य राख्थे। उनीहरूलाई छुट्टै भवनमा राखिएको थियो। त्यसैले एउटै बावुका छोरा भईकन पनि किम जङ-नम र किम जङ-अनको भेट कहिल्यै भएको थिएन।

    जेठा छाेरा भएकाले किम जङ-नमलाई किम जङ-इलका सम्भावित उत्तराधिकारीका रूपमा हेरिन्थ्यो। तर सन् २००१ मा नक्कली राहदानी लिएर जापान छिर्ने प्रयास गर्दा उनी पक्राउ परे। उनी टाेकियाेकाे डिज्नील्यान्ड जाने याेजनामा थिए।

    उत्तर काेरियाली राजकुमारलाई विमानतर्फ लगिँदै गरेको र देशनिकाला गरेको दृश्य खिचियो। प्याेङ्याङमा उनका बुवाका लागि भने त्याे अक्षम्य र अपमानजनक घटना थियाे। किम जङ-नमलाई उत्तराधिकारबाट च्युत गरियो र उनलाई चीनमा निर्वासनमा पठाइयो। वृत्तान्त यस्तै छ।

    तर यति मात्रै चाहिँ सम्पूर्ण वृत्तान्त हाेइन।

    किम जङ-नमलाई भीएक्स नाम गरेको स्नायुप्रणालीमा असर पुर्‍याउने शक्तिशाली विष प्रहार गरिएकाे थियाे। सास फेर्दा त्यो विषको एक थाेपा मात्रै पनि शरीरभित्र पुगे ज्यान जान्छ।

    किमकाे धृष्टतापूर्वक हत्या गरिएको थियो। उत्तर काेरियाले त्यसमा अाफ्नाे संलग्नता अस्वीकार गरेको भए पनि सबै प्रमाणहरूले भने प्याेङ्याङमा भएका उनका साैतेनी भाइतर्फ नै सङ्केत गर्थे। तर हत्याको उद्देश्य के थियाे त?

    उनीहरूका बुवा किम जङ-इलकाे प्रेमजीवन जटिल थियाे। आधिकारिक रूपमा उनका दुई पत्नीहरू थिए र कम्तीमा तीन भित्रिनीहरू। उनीहरूबाट उनले पाँच छाेराछाेरी जन्माएका थिए।

    किम जङ-नम जेठी भित्रिनी सङ हाइ-रिमबाट जन्मेका थिए। किम जङ-अन चाहिँ उनकी माइली भित्रिनी गो यङ-हुइबाट जन्मेका कान्छा छाेरा हुन्। गो जापानमा जन्मिएकी पूर्वअभिनेत्री थिइन्। वृद्ध किम जङ-इल आफ्ना भित्रिनीहरू र तिनबाट जन्मेका सन्तानसँग सम्बन्धित सूचना गाेप्य राख्थे। उनीहरूलाई छुट्टै भवनमा राखिएको थियो। त्यसैले एउटै बावुका छोरा भईकन पनि किम जङ-नम र किम जङ-अनको भेट कहिल्यै भएको थिएन।

    जेठा छाेरा भएकाले किम जङ-नमलाई किम जङ-इलका सम्भावित उत्तराधिकारीका रूपमा हेरिन्थ्यो। तर सन् २००१ मा नक्कली राहदानी लिएर जापान छिर्ने प्रयास गर्दा उनी पक्राउ परे। उनी टाेकियाेकाे डिज्नील्यान्ड जाने याेजनामा थिए।

    उत्तर काेरियाली राजकुमारलाई विमानतर्फ लगिँदै गरेको र देशनिकाला गरेको दृश्य खिचियो। प्याेङ्याङमा उनका बुवाका लागि भने त्याे अक्षम्य र अपमानजनक घटना थियाे। किम जङ-नमलाई उत्तराधिकारबाट च्युत गरियो र उनलाई चीनमा निर्वासनमा पठाइयो। वृत्तान्त यस्तै छ।

    तर यति मात्रै चाहिँ सम्पूर्ण वृत्तान्त हाेइन।

    News image

    जापानी पत्रकार याेजी गाेमीले किम जङ-नमलाई अरू विदेशीले भन्दा बढी चिन्ने अवसर पाए। बेइजिङ र मकाउमा धेरै चोटि भेटेका आधारमा गाेमीले उनकाे जीवनका केही पाटाहरू उघारेका छन्।

    "किम जङ-नमलाई उत्तराधिकारीकाे स्पर्धाबाट पाखा लगाउने काम टाेकियाेमा भएकाे घटनाभन्दा अगाडि नै भएकाे थियाे," उनले मलाई बताए।

    गाेमीका अनुसार सन् १९८० को दशकको अन्त्यतिर नै उनको बावुसँग सम्बन्ध बिग्रिन थालेको थियो। त्यति बेला उनी स्विट्जर्ल्यान्डस्थित आवासीय विद्यालयबाट फर्केका थिए। युराेपको नौ वर्षको बसाइले उनमा गहिरो प्रभाव परेको थियो।

    सन् १९९० काे दशकमा उत्तर काेरियामा ठूलाे अनिकाल पर्‍यो। साेभियत सङ्घकाे विघटनसँगै बन्द भएकाे अार्थिक सहयाेग र धेरै भयानक बाढीहरूका कारण गम्भीर खाद्यान्य सङ्कट भयो। त्यतिखेर चार वर्षभित्र विभिन्न राेग र कुपाेषणका कारण १० लाखदेखि ३० लाख मानिसहरूकाे ज्यान गएकाे बताइन्छ।

    गाेमीका अनुसार किम जङ-नम अाफ्ना बुवाले उत्तर काेरियाकाे अर्थव्यवस्था परिवर्तन गरून् भन्ने चाहन्थे। उनी चिनियाँ शैलीमा केही निजी सम्पत्ति राख्न पाइयोस् र बजार व्यवस्थामा सुधार होओस् भन्ने चाहन्थे।

    ''किम जङ-इल उनीसँग रिसाए,'' गाेमीले सुनाए। ''उनले किम जङ-इललाई कि त अाफ्नाे विचार फेर्न वा प्याेङ्याङबाहिर गएर बस्न भने।''

    पत्रकार ब्र्याड्ली के मार्टिन पनि गाेमीकाे याे कुरासँग सहमत छन्। उनले 'अन्डर द लभिङ केअर अफ द फादर्ली लिडर' शीर्षित किमवंशकाे इतिवृत्तान्त लेखेका छन्।

    ''किम जङ-नम डिज्नील्यान्डमा गएकै कारण अस्वीकृत भएका हाेइनन्,'' उनले भने । ''किमपरिवारले छलकपट गर्न निकै जानेको छ। उनका बुवा किम जङ-इलले अपमानित अनुभव गरे होलान् जस्तो मलाई लाग्दैन। किम जङ-नमले नीति एवम् परिवर्तनका कुरा गरे होलान् र त्यो
    उनका बुवाले मन पराएनन् होला भन्ने मलाई लाग्छ।''

    किम जङ-नम निर्वासनमा बेइजिङ पठाइए।

    किम जङ-अनलाई उनका बुवाले उत्तराधिकारी छान्नुकाे कारण छाेराहरूमध्ये उनी सबैभन्दा बढी निर्दयी र कठाेर हुनु हाे।”

    ब्र्याड्ली के मार्टिन

    उत्तराधिकारीको क्रममा त्यसपछि किम जङ-इलका माइला छाेरा किम जङ-चल हुनुपर्थ्यो। तर उनीबारे कहिल्यै गम्भीरतापूर्वक नसोचेजस्तो देखिन्छ। बरु उनले कान्छा छाेरा किम जङ-अनलाई नै सबैभन्दा उपयुक्त पात्र देखे।

    मार्टिनका अनुसार किम जङ-अनलाई उनका बुवाले उत्तराधिकारी छान्नुकाे कारण छाेराहरूमध्ये उनी सबैभन्दा बढी निर्दयी र कठाेर हुनु हाे।

    अर्काे शब्दमा भन्नुपर्दा उनमा उत्तराधिकारको कठोर सङ्घर्षबाट बँच्दै परिवारको बिँडो थाम्ने सम्भावना उच्च थियो।

    उनले अाफ्नाे निर्मम चरित्र देखाउन थालिसकेका थिए। गाेमीका अनुसार किम जङ-इलकाे निधनपछि किम जङ-इल सत्तामा अाउँदा उनका साैतेनी दाइ हताश देखिन्थे।

    ''किम जङ-इलकाे निधन भएपछि किम जङ-नमले हठात् असुरक्षित भएको अनुभूति गर्न थाले। मैले अन्तिम पटक उनीसँग २०१२ काे जनवरीमा सम्पर्क गरेको थिएँ। त्यतिखेर उनले मलाई 'मेरो भाइ र किमवंशले मविरुद्ध केही खतरनाक काम गर्नेछन्' भनेका थिए।''

    मार्टिनलाई किम जङ-अनले नै अाफ्ना दाजुको हत्या गराएका हुन् भन्ने लाग्छ। उनकाे अाफ्नै तर्क छ।

    ''याे [अाफ्नै फुपाजु] च्याङ सङ-थेइककाे हत्यासँग पनि मेल खान्छ,'' उनले भने । ''च्याङलाई सत्तापलटकाे याेजना बनाएकाे अाराेप लगाइएकाे थियाे। हामी [पश्चिमी सञ्चारमाध्यम] ले त्यसलाई बेवास्ता गर्‍यौँ। त्यसपछि किम जङ-अन अाफ्नै दाजुलाई तारो बनाए। हामीसँग त्यस्ता जानकारीहरू पनि छन् जसमा च्याङले चीन पुगेर भनेका थिए, 'किम जङ-अनबाट मुक्ति पाऔँ र किम जङ-नमलाई भित्र्याऔँ।' किमलाई 'मेरै फुपाजु र दाजु चिनियाँहरूसँग मिलेर मविरुद्ध षड्यन्त्र गर्दैछन्' भन्ने लाग्यो। यसले केही सङ्केत दिन्छ।''

    याे त केवल अनुमान हाे। तर उनको निष्कर्ष भने अकाट्य छ।

    ''अब उनकाे सत्तालाई कुनै खतरा छैन। उनका अान्तरिक चुनाैतीहरू पाखा लागेका छन्।''

    किम जङ-अन अहिले सर्वाेच्च नेताकाे रूपमा राज्य गर्छन्। तर अाफ्नाे सानाे तथा विपन्न देशका लागि उनी के चाहन्छन् त?

    अब के?

    उत्तर कोरियाका पूर्वराष्ट्रपति किम इल-सङको ढलौटको प्रतिमा

    News image

    सन् १९९८ काे ग्रीष्ममा किम जङ-अन स्विट्जर्ल्यान्डबाट बिदा मनाउन उत्तर काेरिया फर्किए। उनी वन्साननजिकै समुद्रतटस्थित आफ्नो परिवारको स्वामित्वमा रहेको एउटा विशाल हातामा गएका थिए।

    अब उनी रेलबाट राजधानी प्याेङ्याङतर्फ फर्किँदै थिए। जापानी शेफ केन्जी फुजिमाेताे पनि उनीसँगै बसेर रेलबाट गाउँहरू र धानबाली हेरिराखेका थिए।

    सन् २००३ मा प्रकाशित पुस्तकमा किम जङ-अनले अाफूलाई भनेकाे कुरा फुजिमाेताे यसरी सम्झिन्छन्: "फुजिमाेताे, हाम्राे देश अाैद्योगिक प्रविधिमा अरू एशियाली देशकाे तुलनामा पछाडि छ। हाम्रोमा अझ पनि बिजुली काट्नु परिराखेको छ।"

    उनका अनुसार किमले त्यसपछि उत्तर काेरियाकाे अवस्थालाई चीनसँग तुलना गरेका थिए।

    "मैले चीन धेरै किसिमले सफल भएकाे भन्ने सुनेँ। चीनकाे जनसङ्ख्या एक अर्बभन्दा बढी छ । हाम्राे त दुई कराेड ३० लाख मात्रै हाे। उनीहरू कसरी ऊर्जाकाे जाेहाे गर्दा हुन्? एक अर्ब मानिसका लागि चाहिने खाद्यान्न उत्पादन गर्न उस्तै गाह्राे हुँदाे हाे। हामीले उनीहरूले तय गरेका दृष्टान्त अनुसरण गर्नुपर्छ।"

    यदि फुजिमाेताेले भनेकाे कुरा सत्य हाे भने तन्नेरी किम जङ-अनले तत्कालीन मान्यताविरोधी विचार अभिव्यक्त गरेका थिए ।

    सन् १९५५ पछि उत्तर काेरिया 'जुचे' सिद्धान्तबाट मार्गनिर्देशित छ। जुचे शब्दकाे अर्थ 'अात्मनिर्भर' भन्ने हाे। यसलाई मार्क्सवादी-लेनिनवादी विचारधारामा किम इल-सङले पुर्‍याएको 'महान् याेगदान' भनेर बुझ्ने गरिन्छ। प्याेङ्याङस्थित डेडाेङ नदीकाे दक्षिणी किनारामा जुचेप्रति समर्पित विशाल स्मारक बनाइएको छ। त्यसकाे खिल्ली नउडाउन मानिसहरूलाई सल्लाह दिइने गरिन्छ।

    तर जुचे एउटा मिथ हाे। उत्तर काेरिया न अहिले अात्मनिर्भर छ, न त यसअघि कहिल्यै थियाे। स्थापनादेखि ४० वर्ष त देश मस्काेबाट पाउने सहायतामै निर्भर थियाे। साेभियत सङ्घको विघटनपछि उत्तर काेरियाकाे राज्यनियन्त्रित अर्थतन्त्र छिन्नभिन्न भयो र नागरिकहरू भाेकै रहन पुगे।

    अनिकाल पर्दा उत्तर काेरियालीहरू व्यापार गर्न थाले। सन् १९९० काे दशककाे भद्रगाेलका बीच नयाँ अर्थव्यवस्थाकाे सिर्जना भयाे। यसले न त सरकारी मान्यता पाएकाे छ, न त यसकाे नियमन नै हुनेगर्छ। तर त्यसले उत्तर काेरियालीहरूलाई जीवित भने राखेकाे छ।

    याे 'कालाे' अर्थतन्त्र कति विस्तृत छ भन्ने मैले उत्तर काेरियाबाट भागेर सोल पुगेका एक युवासँग सन् २०१२ मा अन्तर्वार्ता गर्दा राम्ररी बुझेँ।

    दक्षिण काेरियाली राष्ट्रपति पाक गुन-हेले त्यतिखेर भरखरै गेसङ अाैद्याेगिक क्षेत्र बन्न गर्न निर्देशन दिएका थिए। त्याे असैनिकीकृत क्षेत्रनजिकै उत्तर काेरियामा थियाे।

    ''जब मैले त्याे थाहा पाएँ, मैले बुवालाई चीन गएर चाेकाे पाई किन्न भनेँ,'' ती युवाले मलाई बताए।

    म भनेँ त्याे सुनेर रनभुल्ल भएँ।

    ''माफ गर्नुहाेला,'' मैले भनेँ, ''तपाईँकाे बुवा कहाँ हुनुहुन्छ?''

    ''उत्तर काेरियामा,'' उनले भने।

    ''तपाईँ कसरी फाेन गर्नुहुन्छ त?'' मैले साेधेँ।

    उनका बुवासँग चिनियाँ सिमकार्ड भएकाे माेबाइल फाेन रहेछ। अवैध र जोखिमपूर्ण मानिए पनि त्यसरी फोन राख्नु सामान्य नै रहेछ। हप्तामा एकचोटि उनी चिनियाँ सीमातिर जाँदा रहेछन् र चीनकाे माेबाइल नेटवर्क प्रयोग गरेर छोरासँग कुराकानी गर्दारहेछन्।

    मैले साेधेँ, ''चाेकाे पाई केका लागि त?''

    गेसङ् अाैद्याेगिक क्षेत्रमा काम गर्ने दक्षिण काेरियाली कम्पनीले अाफ्ना उत्तर काेरियाली कामदारलाई अाम्दानीकाे एउटा भागस्वरूप दक्षिण काेरियाली उत्पादनहरू समेत दिन्थ्याे। तीमध्ये चाेकाे पाई पनि लोकप्रिय थियो।

    चाेकाे पाई यति धेरै लोकप्रिय थियो कि उत्तर काेरियाको कालाेबजारमा त्यो मुद्राजसरी नै प्रयोग हुन्थ्यो। गेसङ क्षेत्र बन्द भएपछि अहिले कालोबजारमा चाेकाे पाईकाे मूल्य ह्वात्तै बढेकाे छ। त्यसैले उनले बुवालाई चीन गएर सकेजति बढी चाेकाेपाई किन्न भने। त्यसबाट राम्राे अाम्दानी हुनसक्थ्याे।

    सोल बाहिरकाे एउटा चर्चमा भने मैले उत्तर काेरियाबाट भागेर अाएका भिन्नखाले व्यक्तिलाई भेटेँ। उनकाे कद हाेचाे र काँध चाैडा थियाे। दाँत झरेका थिए भने उनको गह्रुँगाे लवजलाई मेरा दक्षिण काेरियाली अनुवादकलाई पनि बुझ्न गाह्रो भएको थियो।

    ''म तस्कर थिएँ,'' उनले भने।

    उनले कसरी उनको समूहले उत्तर कोरियाली सीमारक्षकहरूलाई घुस ख्वाएर राति सीमाको एक भाग खुला छाडिदिने व्यवस्था मिलाएको थियो त्यो मलाई बताए। अनि उनीहरू कवाडी सामान र महङ्गा खनिज पदार्थ लिएर चीनतिर जान्थे।

    ''त्यहाँबाट उनीहरू के ल्याउँथे त?'' मैले साेधेँ।

    ''खानेकुरा, लत्ताकपडा, डीभीडी, लागुपदार्थ र विभिन्न किसिमका अश्लील सामग्रीहरू पनि,'' उनले मलाई बताए। ''लागुपदार्थ र अश्लील सामग्रीकाे अाेसारपसार भने खतरनाक हुन्थ्याे।''

    ''उत्तर काेरियाबाट के कुराकाे तस्करी गर्नु सबैभन्दा बढी खतरनाक हुन्छ त?'' मैले साेधेँ।

    ''किमकाे मूर्तिबाट धातु निकालियो भने चाहिँ गोली नै खानुपर्ने हुन्छ,'' उनले भने।

    अाज पनि याे गुप्त अर्थतन्त्र अनाैपचारिक रूपमै भए पनि चलिराखेकाे छ। चीनबाट तस्करी गरेर ल्याइने सामानहरू उत्तर काेरियाका हरेकजसाे सहरमा भेटिन्छन्। यसबाट सिर्जित एउटा वर्गले प्याेङ्याङमा सम्पत्ति जोडिराखेको छ। अझ भन्नुपर्दा उत्तर काेरियाली अर्थतन्त्रको वृद्धि हुँदैछ। तर अलिकति पनि नीतिगत परिवर्तन र नेतृत्व तहबाट अाधारभूत परिवर्तनकाे सङ्केत पनि पाइँदैन।

    यही एप्रिल २० मा अायाेजित वर्कर्स पार्टी अफ काेरियाकाे पूर्ण बैठकमा किम जङ-अनले यो शीर्षकमा मन्तव्य दिए:

    ''समाजवादी विचारधारालाई अझ द्रुत गतिमा अघि बढाउनु एउटा ताजा र उच्च तहमा पुगेकाे हाम्राे क्रान्तिकाे अावश्यकता हाे।''

    त्यतिखेर किमले अब कुनै पारमाणविक परीक्षण र लामाे दूरीका क्षेप्यास्त्र परीक्षण नगर्ने घोषणा गरेका थिए। बरु आफ्नो 'नयाँ रणनीतिक दिशा' उत्तर काेरियाकाे अर्थतन्त्र सुदृढ पार्नमा केन्द्रित हुने उनले बताएका थिए। उनको यो भाषणलाई केही विश्लेषकले किम जङ-अनले परिवर्तन गर्न चाहेको र रेलयात्रामा गरेको वाचानुरूप नै चीनकाे दृष्टान्त अनुसरण गर्न खोजेको सङ्केत मानेका छन्।

    सोलस्थित याेनसे विश्वविद्यालयका जन डेलरी पनि यस्तै मान्यता राख्छन्।

    ''अर्थतन्त्र पहिला अर्थात् शतप्रतिशत अर्थतन्त्र भन्ने रणनीति छ,'' उनले भने, ''किम अाफूले साँच्चिकै अर्थतन्त्र सुधार गर्ने र जनताले अब फेरि सास्ती खेप्नुनपर्ने बताइरहेका छन्।''

    ''पछिल्ला पाँच वा छ वर्षजति सामान्य सुधार देखिए पनि अभूतपूर्व परिवर्तन भने भएको छैन। अहिलेसम्म उनकाे मुख्य ध्यान पारमाणविक कार्यक्रममा छ। र अहिले हामी आधारभूत विन्दु देखेका छौँ।''

    ब्र्याड्ली के मार्टिनजस्ता व्यक्तिहरू भने यसमा खासै विश्वस्त छैनन्।

    ''के उनलाई साँच्चिकै अाफ्नाे देशको रूपान्तरण गर्नसक्छु जस्तो लाग्छ? मलाई थाहा छैन। उनीबारे जेजति थाहा छ, यो त्यसअनुरूप छैन। उनले काम गर्न चाहेकै भए सुरुका केही वर्षहरू पनि त थिए नि। उनले अाफ्ना हजुरबुवा र बुवाले जसरी देखावटी काम मात्रै गरेका छन्। सबैले स्मारक बनाउने काम मात्र गरेका छन्।''

    "अर्थतन्त्र सुधार भएको कुनै आधार मैले देखेकाे छैन। बरु अर्काे अर्थतन्त्रकाे कुरा गरिएकाे हुन्छ। त्याे हुनु पनि पर्छ, नत्र त सबै जना मरिसकेका हुन्थे।"

    यदि किम जङ-अनले साँच्चिकै अाफ्नाे देशकाे विकास गर्न चाहेका हुन् भने उत्तर काेरियामाथि लागेका प्रतिबन्धहरू हटाउनु आवश्यक छ। व्यापार र ठूलो लगानी आवश्यक छन्। त्यसका लागि अमेरिका र उसका साझेदार देशहरूले उनलाई पारमाणविक अस्त्र त्याग्न भन्नेछन्। के उनी त्यो चाहन्छन् त?

    यही एप्रिल २० मा अायाेजित वर्कर्स पार्टी अफ काेरियाकाे पूर्ण बैठकमा किम जङ-अनले यो शीर्षकमा मन्तव्य दिए:

    ''समाजवादी विचारधारालाई अझ द्रुत गतिमा अघि बढाउनु एउटा ताजा र उच्च तहमा पुगेकाे हाम्राे क्रान्तिकाे अावश्यकता हाे।''

    त्यतिखेर किमले अब कुनै पारमाणविक परीक्षण र लामाे दूरीका क्षेप्यास्त्र परीक्षण नगर्ने घोषणा गरेका थिए। बरु आफ्नो 'नयाँ रणनीतिक दिशा' उत्तर काेरियाकाे अर्थतन्त्र सुदृढ पार्नमा केन्द्रित हुने उनले बताएका थिए। उनको यो भाषणलाई केही विश्लेषकले किम जङ-अनले परिवर्तन गर्न चाहेको र रेलयात्रामा गरेको वाचानुरूप नै चीनकाे दृष्टान्त अनुसरण गर्न खोजेको सङ्केत मानेका छन्।

    सोलस्थित याेनसे विश्वविद्यालयका जन डेलरी पनि यस्तै मान्यता राख्छन्।

    ''अर्थतन्त्र पहिला अर्थात् शतप्रतिशत अर्थतन्त्र भन्ने रणनीति छ,'' उनले भने, ''किम अाफूले साँच्चिकै अर्थतन्त्र सुधार गर्ने र जनताले अब फेरि सास्ती खेप्नुनपर्ने बताइरहेका छन्।''

    ''पछिल्ला पाँच वा छ वर्षजति सामान्य सुधार देखिए पनि अभूतपूर्व परिवर्तन भने भएको छैन। अहिलेसम्म उनकाे मुख्य ध्यान पारमाणविक कार्यक्रममा छ। र अहिले हामी आधारभूत विन्दु देखेका छौँ।''

    ब्र्याड्ली के मार्टिनजस्ता व्यक्तिहरू भने यसमा खासै विश्वस्त छैनन्।

    ''के उनलाई साँच्चिकै अाफ्नाे देशको रूपान्तरण गर्नसक्छु जस्तो लाग्छ? मलाई थाहा छैन। उनीबारे जेजति थाहा छ, यो त्यसअनुरूप छैन। उनले काम गर्न चाहेकै भए सुरुका केही वर्षहरू पनि त थिए नि। उनले अाफ्ना हजुरबुवा र बुवाले जसरी देखावटी काम मात्रै गरेका छन्। सबैले स्मारक बनाउने काम मात्र गरेका छन्।''

    "अर्थतन्त्र सुधार भएको कुनै आधार मैले देखेकाे छैन। बरु अर्काे अर्थतन्त्रकाे कुरा गरिएकाे हुन्छ। त्याे हुनु पनि पर्छ, नत्र त सबै जना मरिसकेका हुन्थे।"

    यदि किम जङ-अनले साँच्चिकै अाफ्नाे देशकाे विकास गर्न चाहेका हुन् भने उत्तर काेरियामाथि लागेका प्रतिबन्धहरू हटाउनु आवश्यक छ। व्यापार र ठूलो लगानी आवश्यक छन्। त्यसका लागि अमेरिका र उसका साझेदार देशहरूले उनलाई पारमाणविक अस्त्र त्याग्न भन्नेछन्। के उनी त्यो चाहन्छन् त?

    धूमपान र रकेट

    News image

    जुलाई ४, २०१७ को दिन सबेरै उत्तर काेरियामाथि उडेकाे एउटा अमेरिकी जासुसी स्याटलाइटले उत्तर प्याेन्गान प्रान्तकाे हवाईअड्डामा केही गतिविधि हुँदै गरेको देख्याे। एउटा विशाल सोह्रचक्के 'ट्रान्सपाेर्टर इरेक्टर लन्चर' हवाईअड्डातिर जाँदै थियाे। त्यसमा एउटा लामाे क्षेप्यास्त्र राखिएको थियाे।

    एक घण्टापछि त्यसलाई उठाएर प्रहारका गर्न तयार पारिएको अमेरिकी गुप्तचर अधिकारीहरूले देखे। एक जना व्यक्तिले चुराेट तान्दै ती गतिविधिको निरीक्षण गरिराखेको पनि उनीहरूले देखे।

    याे कुरा द डिप्लाेम्याट म्यागेजिनका सम्पादक अङ्कित पाण्डाले बताएका हुन्। उनका अनुसार यो जानकारी उनले गुप्तचर स्राेतबाट पाएका हुन्। अतिप्रज्जवलनशील इन्धन भरिएकाे उक्त रकेटनजिकै चुराेट सल्काएर बस्नसक्ने व्यक्ति केवल किम जङ-अन हुनसक्थे।

    बिहानै क्षेप्यास्त्रको मुख्य इन्जिन अाकाशतिर उड्याे र झन्डै ३,००० किलाेमिटर पर जापानी समुद्रमा खस्याे। किम जङ-अन त्यस क्षण दङ्ग देखिन्थे। पछि सार्वजनिक गरिएका तस्बिरमा उनलाई हाँस्दै वरिष्ठ सैन्य अधिकारीहरूसँग अङ्कमाल गर्दै गरेकाे देखियो। र, उनको हातमा चुरोट थियाे।

    प्याेङ्याङले त्यो नयाँ अन्तर्महादेशीय बलिस्टक क्षेप्यास्त्र भएको र अमेरिकासम्म प्रहार गर्न सकिने क्षमता भएको दाबी गरेको थियाे। र, त्याे जुलाई ४ अर्थात् अमेरिकी स्वतन्त्रता दिवसकाे अवसरमा राष्ट्रपति डाेनल्ड ट्रम्पलाई उपहार भनिएकाे थियाे।

    उत्तर काेरियाले अाफ्नाे पारमाणविक कार्यक्रमलाई निकै गाेप्य रूपमा सञ्चालन गर्दै अाइरहेकाे छ। त्यसैका कारण उसले ठूलाे अार्थिक मूल्य चुकाउनुका साथै चर्काे अन्तर्राष्ट्रिय नाकाबन्दी झेल्नु पर्‍यो।

    सन् २०११ मा नेतृत्वमा अाएसँगै किम जङ-अनले नाटकीय शैलीमा उत्तर काेरियाकाे पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम अघि बढाए। अाफ्नाे सोह्रवर्षे शासनकालमा किमका बुवा किम जङ-इलले दुईवटा पारमाणविक र १६ वटा बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेका थिए। किम जड्-अनले भने पहिलो छ वर्षमै चारवटा पारमाणविक र ८२ वटा बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेका छन्।

    गतवर्ष नाेभेम्बर २९ मा ह्वासङ १५ नाम दिइएकाे विशाल क्षेप्यास्त्रकाे परीक्षणसँगै याे क्रम राेकियाे। उत्तर काेरियाकाे सरकारी समाचार संस्था केसीएनएका अनुसार नयाँ क्षेप्यास्त्रले 'धेरै गह्रुङ्गा युद्धशीर्ष' बाेक्न सक्छ र अमेरिकाको पूरै मूलभूमिमा प्रहार गर्नसक्छ।

    केसीएनएको विवरणअनुसार किम जङ-अनले "हामीले अन्तत: राज्यको पारमाणविक बल र रकेट शक्ति निर्माण गर्ने महान् ऐतिहासिक उद्देश्य सम्पन्न गरेको अनुभूति" भएको गर्वका साथ घोषणा गरे।

    धेरै विशेषज्ञहरू पनि किमले अमेरिकालाई आक्रमण गर्नसक्ने सम्भावनामा सहमत भए।

    किम जङ-अनको उक्त घाेषणा र सन् २०१८ को नववर्षको सम्बोधनबीच केवल एक महिनाकाे अन्तर थियाे। नववर्षकाे सन्देशमा उनले शीतकालीन अाेलम्पिक्समा सहभागिता जनाउन एउटा प्रतिनिधिमण्डल दक्षिण काेरिया पठाउने बताए।

    उक्त सन्देशलाई धेरैले यो नाटकीय परिवर्तनलाई किम बाहिरी विश्वसँग संवादमा अाउन चाहन्छन् भन्ने सङ्केतका रूपमा लिए।

    तर ट्रम्प-किम शिखरवार्ताको पूर्वसन्ध्यामा केही महत्त्वपूर्ण प्रश्नहरू भने यथावत् छन्: अमेरिकासम्म प्रहार गर्न सक्ने लामाे दूरीकाे अस्त्रप्रति किम किन धेरै अासक्त छन्? उनकाे पारमाणविक अस्त्रहरूको भण्डार खास केका लागि हाे?

    यी प्रश्नहरूकाे उत्तर तपाईँले जे दिनुहुन्छ त्यसमै किम
    दक्षिण काेरियासँग 'शान्तिपूर्ण सहअस्तित्व' र वार्तामार्फत् पारमाणविक कार्यक्रम अन्त्य गर्न चाहन्छन् भन्ने कुरामा तपाईँ कति विश्वस्त हुनुहुन्छ त्यो देखिन्छ।

    हालैकाे शिखरवार्तामा राष्ट्रपति मून र किम जङ-अनले 'काेरियाली प्राय:द्वीपलाई पूर्ण रूपमा पारमाणविक अस्त्रमुक्त' बनाउन चाहेकाे र थप परीक्षण कार्यक्रमहरू स्थगित गर्ने वाचा गरे। तर पारमाणविक अस्त्रविज्ञ ड्युयाेन किमका अनुसार किमले भनेकाे र भन्न चाहेकाे कुरा एउटै हाेइन।त्यसकाे अर्थ उनी एकपक्षीय ढङ्गबाट निरस्त्रीकरणमा जानेछन् भन्ने हाेइन।

    "वास्तवमा उनले उत्तर काेरियालाई पारमाणविक शक्तिकाे रूपमा घाेषणा गरेका छन्," उनी भन्छिन्। "पारमाणविक शक्तिसम्पन्न उत्तरदायी देशहरू त्यसो भन्छन्। उनीहरूका अनुसार छवटा पारमाणविक परीक्षण गरिसकेपछि धेरै गरिराख्नु पर्दैन। त्यसैले किम आफ्नो व्यक्तित्व बढाउन खोज्दैछन्। अब उनले यस्ता शिखरवार्ताहरूमा सामान्य शक्तिशाली मुलुक भईकन पनि अमेरिकाजस्ताे देशसँग उही हैसियतमा वार्ता गर्नेछन्।"

    धेरैलाई उत्तर काेरियाकाे पारमाणविक कार्यक्रम रक्षात्मक हाे भन्ने लाग्छ। किनभने किमवंशले सद्दाम हुसेन र गद्दाफीकाे पतन देखेकाले अमेरिकी सरकारकाे नेतृत्वमा हुन सक्ने 'सत्तापलट' बाट जोगिन पारमाणविक अस्त्रलाई अचूक उपाय देख्यो।

    यो विचारका आलोचकहरू भने किम जङ-अन वा उनका बुवालाई आफ्नो सुरक्षाका लागि अन्तर्महादेशीय बलस्टिक मिसाइल आवश्यक नभएको तर्क गर्छन्। यो मान्यता राख्नेमा दक्षिण काेरियाकाे बुसानस्थित डाेङ्सियाे विश्वविद्यालका प्राध्यापक ब्रायन मायर्स पनि छन्। राेयल एशियाटिक साेसाइटीमा दिइएकाे उनको पछिल्लाे मन्तव्यमा मायर्सले भनेका छन्, ''हामीेले यो शासनसत्तालाई पारमाणविक अस्त्रहरू निर्माण गर्न रोक्न नसक्नुले ती उसको सुरक्षाका लागि महत्त्वपूर्ण थिएनन् भन्ने देखाउँछ।
    यदि पारमाणविक अस्त्रविनाको उत्तर काेरिया पनि पारमाणविक अस्त्ररहित लिबियाजस्तै कमजोर थियो भने सन् १९९८ मै त्यहाँ बम आक्रमण भइसक्थ्याे।''

    त्यसाे नहुनुकाे एउटा प्रमुख कारण दक्षिण काेरियामाथि हुनसक्ने प्रत्याक्रमणको खतरा थियो। उसकाे राजधानी असैनिकीकृत क्षेत्रबाट ५० किलाेमिटर टाढा छ। अर्थात् सोल उत्तर काेरियाली अस्त्र प्रहार हुनसक्ने निशानाको सहज दूरीमा छ।

    मार्शलको अपमान

    News image

    यदि किमको अस्त्र कार्यक्रम प्रतिरक्षाका लागि आवश्यक छैन भन्ने पत्याउने हो भने तिनको निर्माण केका लागि गरिएको हो त?

    ड्युयोन किमका अनुसार त्यो 'विभाजन' का लागि हो। अर्थात् यदि कुनै दिन प्योङ्याङलाई दुई कोरियाको 'पुनरेकीकरण' गर्नुपर्छ भन्ने लाग्यो भने अमेरिका दक्षिण कोरियालाई सघाउन नआओस् भनेर पारमाणविक अस्त्र बनाइएको हो।

    "उत्तरको सार्वजनिक वक्तव्य एवम् गतिविधि र व्यक्तिगत टिप्पणीहरूका आधारमा हेर्दा पारमाणविक अस्त्रहरू तर्साउन र बलात् एकीकरण गर्दा सम्भावित प्रयोगका लागि पनि बनाइएको हो। उनीहरूले यो कुरा सार्वजनिक रूपमा र व्यक्तिगत कुराकानीमा पनि भन्ने गरेका छन्।"

    मायर्स पनि किमको पारमाणविक कार्यक्रम कोरियाली एकीकरणसँग सम्बन्धित छ भन्ठान्छन्, तर जबर्जस्ती गरिने एकीकरणमा भने हैन।

    "दबाब दिएर आफ्ना दुवै शत्रुलाई शान्तिसन्धिमा हस्ताक्षर गराउन उत्तर कोरियालाई पारमाणविक अस्त्र प्रयोग गरेर अमेरिकामा आक्रमण गर्नसक्ने क्षमता चाहिएको छ। यो खालि उसले सधैँ चाहेको मोलमोलाइ हो।"

    "वाशिङ्टनसँग सम्झौता हुँदा प्राय:द्वीपबाट अमेरिकी सैन्यबल हट्नुपर्ने हुन्छ। प्योङ्याङले बारम्बार गरिराखेको व्याख्याअनुसार दोस्रो चरणमा उत्तर र दक्षिण सम्मिलित एक किसिमको महासङ्घ बन्नेछ, उत्तर कोरियाले सन् १९६० देखि नै यसबारे प्रस्ताव गर्दै आएको छ। त्यसपछि के हुन्छ भन्ने थाहा नहुनु भनेको चाहिँ अज्ञानी हुनु हो।"

    विपन्न र पछाडि परेको उत्तर कोरियाले आधुनिक, सम्पन्न र सबल सैन्यबल भएको दक्षिण कोरियामाथि एकीकरण लाद्छ भन्ने विचार हास्यास्पद देखिन्छ। तर ब्र्याड्ली के मार्टिन भन्छन् - जति असम्भव लागे पनि यही नै प्योङ्याङको उद्देश्य हो।

    "उत्तर कोरियाको प्रमुख लक्ष्य भनेको पुनरेकीकरण हो भन्ने मेरो सधैँको विश्वास हो," उनी भन्छन्, "धेरै मानिसहरू त्यो लक्ष्य धेरै अगाडि छोडिसकिएको बताउँछन्, किनकि त्यसो गर्न सकिँदैन भन्ने उनीहरूलाई थाहा छ। सबैको ध्यानाकृष्ट तान्न सक्दा विकसित हुने आत्मविश्वासलाई ती मानिसहरूले बेवास्ता गरेका छन्। एकव्यक्ति निरङ्कुश शासनमा प्रोपागान्डामार्फत् सर्वसाधारणलाई 'जे पनि गर्न सकिन्छ' भनी विश्वस्त पार्न सकिन्छ।"

    यतिखेर म बेइजिङ पुग्ने आधा बाटोमा हुनुपर्थ्याे। तर म प्योङ्याङकाे एउटा हाेटलकाे पट्यारलाग्दो काेठामा छु।

    अलि पर भित्तामा किम जङ-अन र किम इल-सङकाे मुहारचित्र टाँगिएका छन्। अहिले मलाई ती तस्बिरमा अभिव्यक्त भाव नै हानिकारक लाग्न थालेको छ।

    मलाई एकैचोटि छक्क परेको र बिलखबन्दमा परेको जस्तो भएको छ। टेबलकाे अर्काेतिर एक जना दुब्ला व्यक्ति बसिराखेका छन्। वर्षौँदेखि धूमपान गरेको हुनाले परेको चाउरी उनको अनुहारमा देखिन्छ। उनले शान्त तर डर लाग्ने किसिमले मलाई एकटकले हेरिराखेका छन्।

    ''याे छिट्टै टुङ्गिने छ र तपाईँ अाफ्नाे घर जान सक्नुहुनेछ,'' उनले अाफ्नाे दाहिने हातमा रहेकाे चुराेट घुमाउँदै भने। ''यदि तपाईँले अाफ्नाे गल्ती स्वीकार्नुभयाे र त्यसका लागि क्षमा माग्नुभयाे भने याे सबै झन्झट सकिनेछ। नत्र अवस्था झन् बिग्रनसक्छ।''

    एक घण्टाअघि म प्याेङ्याङ विमानस्थलमा बेइजिङका लागि उड्ने तयारीमा थिएँ। अहिले म केही घण्टा वा केही दिनसम्म लम्बिनसक्ने साेधपुछकाे सामना गरिराखेकाे छु।

    चाउरिएकाे अनुहार भएका ती साेधपुछकर्ताका अनुसार मेराे अपराध 'मार्शल किम जङ-अनकाे अपमान गर्नु' थियाे। मेराे जीउ सिरिङ्ग हुन्छ।

    याे गम्भीर अपराध हाे। मैले त्यो कसरी गरेछु भनेर चाहिँ म खुट्याउन सक्दिनँ। न त मसँग साेधपुछ गर्नेलाई नै त्यसबारे केही थाहा छ। त्यसको अर्थ पनि छैन। मेराे अपराध के हो भनेर अन्यत्र नै निर्णय भएको छ। र, अब उनलाई मबाट स्वीकाराेक्ति चाहिएकाे छ।

    रुपर्ट विङ्फिल्ड हेअस प्याेङ्याङकाे हिरासतमा हुँदा


    रुपर्ट विङ्फिल्ड हेअस प्याेङ्याङकाे हिरासतमा हुँदा

    रात छिप्पिँदै जाँदा सोधपुछ गर्ने टोली फेरिँदै जान्छन् र मलाई दिइने धम्की झन् डरलाग्दा बन्छन्। नयाँ साेधपुछकर्ताले मलाई रिसाएको अाँखा बनाएर क्वार्क्वार्ती हेरिराखेका छन्।

    ''केनेथ बेको अनुसन्धान गर्ने पनि म नै हुँ,'' उनी भन्छन्, ''त्यो भनेकाे के हाे भनेर त बुझ्नुभयाे हाेला।''

    म बुझ्छु। केनेथ बे काेरियाली मूलका अमेरिकी पादरी थिए जसलाई उत्तर काेरियाकाे कष्टकर श्रमशिविरमा काम गर्नेगरी १५ वर्षकाे दण्ड दिइएको थियाे। मुक्त गरिने सम्झाैता हुँदासम्म उनले श्रमशिविरमा ७३५ दिन बिताएका थिए।

    “किम राजाजस्ता छन्...। आफूलाई चुनाैती दिने वा आफूविरुद्ध लाग्ने व्यक्ति वा देशसँग उनी जसरी पनि बदला लिन्छन्।”
    News image

    मसँग गरिएको साेधपुछ डरलाग्दाे र अवास्तविकजस्तो थियाे। तीन जना नाेबेल पुरस्कार विजेताकाे भ्रमणबारे समाचार सम्प्रेषण गर्न मलाई प्याेङ्याङ निम्त्याइएकाे थियाे। तर मैले लेखेको कुरामा नेतृत्वलाई चित्त नबुझेपछि मलाई हिरासतमा राखेर जेल हाल्ने धम्की दिइयो।

    मलाई त्याे प्रत्युत्पादक लाग्यो। तर मैले मलाई दिइएको अाधारभूत भूमिका बुझ्न सकेको रहेनछु। मैले अालाेचनात्मक नभई उत्तर काेरियाले भनेकाे कुरा नै जस्ताको तस्तै बाह्य विश्वलाई भनिदिनुपर्ने रहेछ। मैले त्यसको उल्लङ्घन गरेछु। त्यसैले म उनीहरूकाे शत्रु ठहरिएको थिएँ।

    देश छाडेर भागेका एक वरिष्ठ उत्तर काेरियालीले एक हप्तापछि सोलमा कुरा बुझाउँछन्।

    ''तपाईँकाे अपराध किम जङ-अनकाे अालाेचना गर्नु मात्र थिएन, त्याे कहाँ भएको भन्ने पनि थियो,'' उनी भन्छन्, ''उनकै राजधानीमा!''

    मलाई समात्न र पछि मुक्त गर्न आदेश दिने व्यक्ति अरू काेही नभई किम जङ-अन नै हुन् भन्ने कुरामा उनी विश्वस्त देखिन्छन्।

    ''तपाईँ भाग्यमानी हुनुहुँदाेरहेछ, त्यहाँबाट उम्किन पाउनुभयाे,'' उनी भन्छन्।

    प्राध्यापक पेक हक-सून दक्षिण काेरियाकाे सेजङ इन्स्टिट्युट अन्तर्गत रहेको सेन्टर फर नर्थ काेरियन स्टडिजका निर्देशक हुन्। 'देशनिकाला' मात्रै गरिएकाले म भाग्यमानी रहेछु भन्ने उनलाई पनि लाग्छ।

    "किमकाे परिचय राजाकाे जस्ताे छ," उनले भने। "उनकाे आत्माभिमानले कसैलाई पनि आफ्नो अालाेचना वा विराेध गर्ने अनुमति दिँदैन। चुनाैती दिने वा उनीविरुद्ध लाग्ने व्यक्ति वा देशले उनीबाट निश्चित रूपमा प्रतिघात खेप्नुपर्छ।"

    झिनामसिना कुरामा पनि विदेशीहरूलाई बन्धक बनाउने उत्तर काेरियाकाे परम्परा लामो छ। यसमा किम जङ-अनकाे विशेष रुचि देखिन्छ। सन् २०११ यता १२ जना विदेशी नागरिक र चार जना दक्षिण काेरियालीलाई प्याेङ्याङले बन्धक बनाएकाे छ।

    सन् २०१६ मा मलाई बन्धक बनाउनुभन्दा तीन महिनाअगाडि अमेरिकी युवा पर्यटक अाेटाे वार्म्बियरलाई १५ वर्ष लामो कडा श्रमशिविर सुनाइएकाे थियाे। अभियोग भने हाेटलकाे भित्ताबाट प्राेपागान्डा भएको पर्चा चाेर्नु थियाे। त्यो अपराधका लागि सुनाइएको सजाय चाहिँ अस्वाभाविक रूपमा बढी थियो।

    उत्तर काेरियाली हिरासतमा अमेरिकी नागरिक अाेटाे वार्म्बियर 

    उत्तर काेरियाली हिरासतमा अमेरिकी नागरिक अाेटाे वार्म्बियर 

    मस्तिष्कमा गम्भीर क्षति पुगेपछि उनलाई अमेरिका फिर्ता पठाइयो। तर स्वदेश फर्किएको केही दिनमै उनकाे मृत्यु भयो। धेरै जानकारहरू यो केसलाई अस्वाभाविक भन्ठान्छन्। अमेरिकी बन्धकहरूलाई हत्तपत्त शारीरिक सजाय दिइँदैन, उनीहरूलाई विशेष मानिन्छ।

    प्याेङ्याङका लागि अमेरिकी बन्धकहरू फाेहाेरी कूटनीतिक खेलका माेहरा हुन्। उनीहरूले अमेरिकी सरकारलाई दीर्घकालीन वार्ताका लागि र उच्च तहका अमेरिकी दूतहरूलाई व्यक्तिगत रूपमै आफूलाई छुटाउन आउन बाध्य पार्छन्। अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर पनि दूत बनेर गएका छन्। सन् २००९ मा अर्का पूर्वराष्ट्रपति बिल क्लिन्टनले पनि प्याेङ्याङ गएर बन्धक बनाइएका दुई अमेरिकी पत्रकारहरूलाई लिएर फर्किएका थिए।

    डेभिड स्ट्रब सेवानिवृत्त अमेरिकी कूटनीतिज्ञ हुन् जसले बिल क्लिन्टनसँगै प्योङ्याङ भ्रमण गरका थिए।

    "उत्तर काेरियालीहरूले अाधारभूत रूपमै बिल क्लिन्टन लिन अाए मात्रै दुई पत्रकारलाई छाडिनेछ भनेर आफ्ना माग राखेका थिए," उनले भने । "उत्तर काेरियाले किम जङ-इल र बिल क्लिन्टनकाे फाेटाे खिच्न खाेजिराखेकाे स्पष्ट थियो। उनीहरू जनता र बाह्य विश्वलाई आफूले अमेरिकालाई आफूतर्फ ढल्किन बाध्य पारेको भन्ने देखाएर सन्तुष्ट हुन चाहन्थे।"

    तर किम जङ-अनले साँच्चिकै खोजेको चाहिँ भूतपूर्व राष्ट्रपति हैन। उनले अामुन्नेसामुन्ने बसेर बहालवाला अमेरिकी राष्ट्रपतिसँग नै वार्ता गर्न चाहेका हुन्।

    मे ९ मा अमेरिकी विदेशमन्त्री माइक पाेम्पेअाे एक महिनामा दोस्रो चोटि प्याेङ्याङ पुगे। उनले किम जङ-अनलाई भेटे र उत्तर काेरियामा बन्धक बनाइएका तीन अमेरिकी नागरिकलाई अाफूसँगै लिएर फर्किए।

    तिनमध्ये काेरियाली मूलका ६५ वर्षीय अमेरिकी व्यापारी किम डाेङ-चललाई सबैभन्दा लामो समय थुनिएको थियो। उनी ९५२ दिन बन्धक बनाइए। राष्ट्रपति डाेनल्ड ट्रम्पले तीन जनालाई छाडिनुपर्ने माग किम जङ-अनसँगकाे गर्ने भनिएकाे शिखरवार्ताकाे पूर्वशर्तकाे रूपमा राखेका थिए।

    मुक्त भएका ती अमेरिकी बन्धकलाई एन्ड्रिउज हवाईअड्डामा स्वागत गर्दा अमेरिकी राष्ट्रपतिले भनेका थिए, ''हामी किम जङ-अनलाई धन्यवाद दिन चाहन्छाैँ जसले यी तीन अमेरिकीहरूसँगै उत्कृष्ट व्यवहार गरे।"

    त्यस्तो अतिशयोक्तिले राष्ट्रपति ट्रम्प उत्तर काेरियाली नेतासँग पहिलाे शिखरवार्ता गर्न कति उत्सुक छन् भन्ने देखाउँछ।

    प्याेङ्याङका लागि अमेरिकी बन्धकहरू फाेहाेरी कूटनीतिक खेलका माेहरा हुन्। उनीहरूले अमेरिकी सरकारलाई दीर्घकालीन वार्ताका लागि र उच्च तहका अमेरिकी दूतहरूलाई व्यक्तिगत रूपमै आफूलाई छुटाउन आउन बाध्य पार्छन्। अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर पनि दूत बनेर गएका छन्। सन् २००९ मा अर्का पूर्वराष्ट्रपति बिल क्लिन्टनले पनि प्याेङ्याङ गएर बन्धक बनाइएका दुई अमेरिकी पत्रकारहरूलाई लिएर फर्किएका थिए।

    डेभिड स्ट्रब सेवानिवृत्त अमेरिकी कूटनीतिज्ञ हुन् जसले बिल क्लिन्टनसँगै प्योङ्याङ भ्रमण गरका थिए।

    "उत्तर काेरियालीहरूले अाधारभूत रूपमै बिल क्लिन्टन लिन अाए मात्रै दुई पत्रकारलाई छाडिनेछ भनेर आफ्ना माग राखेका थिए," उनले भने । "उत्तर काेरियाले किम जङ-इल र बिल क्लिन्टनकाे फाेटाे खिच्न खाेजिराखेकाे स्पष्ट थियो। उनीहरू जनता र बाह्य विश्वलाई आफूले अमेरिकालाई आफूतर्फ ढल्किन बाध्य पारेको भन्ने देखाएर सन्तुष्ट हुन चाहन्थे।"

    तर किम जङ-अनले साँच्चिकै खोजेको चाहिँ भूतपूर्व राष्ट्रपति हैन। उनले अामुन्नेसामुन्ने बसेर बहालवाला अमेरिकी राष्ट्रपतिसँग नै वार्ता गर्न चाहेका हुन्।

    मे ९ मा अमेरिकी विदेशमन्त्री माइक पाेम्पेअाे एक महिनामा दोस्रो चोटि प्याेङ्याङ पुगे। उनले किम जङ-अनलाई भेटे र उत्तर काेरियामा बन्धक बनाइएका तीन अमेरिकी नागरिकलाई अाफूसँगै लिएर फर्किए।

    तिनमध्ये काेरियाली मूलका ६५ वर्षीय अमेरिकी व्यापारी किम डाेङ-चललाई सबैभन्दा लामो समय थुनिएको थियो। उनी ९५२ दिन बन्धक बनाइए। राष्ट्रपति डाेनल्ड ट्रम्पले तीन जनालाई छाडिनुपर्ने माग किम जङ-अनसँगकाे गर्ने भनिएकाे शिखरवार्ताकाे पूर्वशर्तकाे रूपमा राखेका थिए।

    मुक्त भएका ती अमेरिकी बन्धकलाई एन्ड्रिउज हवाईअड्डामा स्वागत गर्दा अमेरिकी राष्ट्रपतिले भनेका थिए, ''हामी किम जङ-अनलाई धन्यवाद दिन चाहन्छाैँ जसले यी तीन अमेरिकीहरूसँगै उत्कृष्ट व्यवहार गरे।"

    त्यस्तो अतिशयोक्तिले राष्ट्रपति ट्रम्प उत्तर काेरियाली नेतासँग पहिलाे शिखरवार्ता गर्न कति उत्सुक छन् भन्ने देखाउँछ।

    क्रेडिट

    लेखक: रुपर्ट विङ्फिल्ड-हेअस
    अन्लाइन प्रोडक्शन: बेन मिल्ने
    ग्राफिक्स: जाेय राेक्सास
    तस्बिर: ईपीए; गेटी इमेजेज; राेएटर्स
    सम्पादक: फिन्लाे राेहरर
    नेपाली अनुवाद: केशव कोइराला; प्रदीप बस्याल

    प्रथम प्रकाशित मिति: मे २२, २०१८
    याे सामग्री शर्टह्यान्डमा बनाइएकाे हाे

    तस्बिरहरूको सर्वाधिकार सुरक्षित