विज्ञापन- प्राय: सोधिने प्रश्नहरु
बीबीसीको यो वेबसाइटमा किन विज्ञापनहरु राख्न थालिएको हो?
हाम्रो पत्रकारितालाई समर्थन गर्न र लाइसेन्स फी दाताहरुमाथिको आर्थिक भार न्यून गर्न, बीबीसीले, सरकारबाट प्राप्त निर्देशन अनुसार, विश्व सेवाले आफ्ना केहि सेवाहरुमा सीमित मात्रामा व्यापारिक गतिविधि गर्न सहमति जनाएको छ। हाल कतिपय भाषासेवाका वेबसाइटहरुमा विज्ञापन राखिएको छ र बर्लिनमा स्थानीय एफएममा पनि विज्ञापनहरु बजाइन्छ।
म संयुक्त अधिराज्यमा छु तर पनि मैले बीबीसीका वेबसाइटहरुमा विज्ञापनका सामाग्रीहरु देखिरहेको छु। किन?
संयुक्त अधिराज्यभन्दा बाहिरका प्रयोगकर्ताले मात्र विज्ञापनहरु हेरुन् भन्ने व्यवस्था गर्न हामीले सक्दो प्रयास गरिरहेका छौं र संयुक्त अधिराज्यमा रहेका प्रयोगकर्ताहरुले विज्ञापन हेर्न नपरोस् भनेर हामीले विशिष्ट प्राविधिक व्यवस्था पनि गरेका छौं। तर पनि तपाईंले संयुक्त अधिराज्यभित्रैबाट बीबीसीका वेबसाइटहरुको प्रयोग गर्दा विज्ञापनहरु देख्नुभएको छ भने कृपया इमेलमार्फत हामीलाई सकेसम्म छिटो जानकारी गराउनुहोला।
विज्ञापनसम्बन्धी प्रश्नहरुकाबारे बीबीसीलाई कसरी सम्पर्क गर्न सकिन्छ?
बीबीसी विज्ञापनका बारे थप जानकारीहरु तल उल्लेखित वेबसाइटहरुबाट पाउन सकिन्छ:
के तपाईं बीबीसीमा विज्ञापन दिन चाहनुहुन्छ? थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस्। (अंग्रेजीमा) http://advertising.bbcworldwide.com/
हाम्रा वेबसाइटहरुमा कुन कुन विज्ञापनहरु तपाईंले देख्ने गरी राख्ने निर्णय हामी कसरी गर्छौं? यसबारे थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस्। (अंग्रेजीमा) http://www.bbc.co.uk/privacy/cookies/international/








