तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एकदिवसीय शृङ्खला: सोमपाल एक्लैले चार विकेट लिएपछि यूएई दबाबमा
नेपाल यूएई बीचको एकदिवसीय शृङ्खला अन्तर्गत भइरहेको शनिवार दोस्रो खेलमा सोमपाल कामी चम्किएका छन्।
२४३ रनको लक्ष्य पूरा गर्न आएको घरेलु टोली यूएईका चार शुरुवाती बलरहरूलाई उनले ६ ओभरको बीचमा लगालग आउट गरेका हुन्।
योसँगै खेलमा नेपाली टोली हाबी हुन पुगेको छ भने विपक्षी यूएईका खेलाडीहरू दबाबमा आएका छन्।
तेज बलर सोमपालले पहिलो ओभरको अन्तिम बलमा चिराग सुरीलाई बोल्ड गरेका थिए भने गुल्हाम सब्बीरलाई आरिफ शेखबाट क्याचआउट गराए।
शिकार
त्यस्तै ९ बलको सामना गरी खेलिरहेका शैमान अनवरलाई सोमपालले पाचौँ ओभरको अन्तिम बलमा एलबीडब्लूको शिकार बनाए।
अनवरले खाता खोल्न पाएनन्।
खेलमा जम्न खोजिरहेका असफाग अहमदलाई कट एन्ड बोल्ड गरेका थिए।
तीन एकदिवसीय शृङ्खलामा नेपाल १-० ले पछि छ।
दोस्रो इनिङको खेल दुबईमा अहिले जारी छ।