तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एप्पल: कसरी एकै दिनमा भयो ७५ अर्ब डलरको नोक्सानी
प्रविधिसम्बन्धी विशाल कम्पनी एप्पलले आफ्नो आम्दानी अपेक्षा गरेभन्दा कम हुने चेतावनी दिएलगत्तै उसको शेयरको कुल मूल्यमा ७५ अर्ब डलरको नोक्सानी भएको छ।
वाल स्ट्रीटमा बिहीवार एप्पलको शेयर मूल्य १० प्रतिशतले खस्कियो।
कारण के?
एप्पलका प्रमुख कार्यकारी टिम कुकले चीनमा बिक्री घटेका कारण कम्पनीको आम्दानी पनि घटेको बताएका छन्।
सन् २०१८ का अन्तिम तीन महिनामा एप्पलको आम्दानी ८४ अर्ब डलर मात्र हुने उनले बताए। यसअघि सो आम्दानी ८९ अर्ब डलर हुने ठानिएको थियो।
अन्य उपभोग्य सामग्रीका कम्पनीहरू जस्तै मोबाइल कम्पनी एप्पलका निम्ति पनि क्रिस्मसजस्तो चाडबाडको समय फलदायी मानिन्छ।
वर्षभरिमध्ये सबभन्दा धेरै आम्दानी यही समयमा हुने ठानिन्छ। तर यसपालि त्यस्तो हुन सकेन।
एप्पलको आईफोन मोबाइलको बिक्रीमा गिरावट आउनुलाई कम्पनीको आम्दानी घट्नुको प्रमुख कारण ठानिएको छ।
पहिले पहिले आईफोनको नयाँ संस्करण बजारमा आउनेबितिक्कै मानिसहरू त्यसलाई किन्न निकै उत्सुक हुन्थे।
कम्पनीको शोरूम बाहिर लामो लाइन लाग्नेगर्थ्यो।
बीबीसीका प्रविधि सम्वाददाता डेव ली भन्छन्, "अचेल मोबाइल फोनका राम्रा गुणस्तरका कारण हामी नयाँ मोडल किनिहाल्न उत्सुक हुँदैनौँ। त्यसमाथि आइफोनका नयाँ संस्करणको मूल्यै नै एक हजार डलर पुगिसक्यो।"
यो पनि पढ्नुहोस्
एप्पल अब चौथो ठूलो कम्पनी
चीनमा एप्पलका सामग्री बिक्रीमा गिरावट आएको चेतावनीलगत्तै त्यसको असर अमेरिकी शेयर बजारमा परेको हो।
प्रविधि कम्पनीहरूको शेयर सूचकाङ्क नाज्डाक ३.१ प्रतिशतले झर्यो।
केही समय अगाडिसम्म एप्पल अमेरिकामा सार्वजनिक शेयर खरिदबिक्री हुनेमध्ये सबभन्दा ठूलो कम्पनी थियो।
तर अब उसलाई अन्य तीन कम्पनीले उछिनिसके।
अब एप्पलभन्दा अगाडि माइक्रोसफ्ट, एमेजन र गुगलको स्वामित्व भएको अल्फाबेट कम्पनी रहेका छन्।
तर पछिल्लो समय एप्पललाई आफ्ना सामग्रीको बिक्रीमा कमी आउने अनुमान पहिलै थियो। त्यसैले उसले अन्य क्षेत्रमा पनि अगाडि बढ्ने प्रयास गरिरहेको छ।
अचेल एप्पलले सेवा, स्वास्थ्य तथा फिट्नेस क्षेत्रमा निकै प्रगति गरेको छ। एप्पलले सेवा क्षेत्रबाट उति नै कमाउँछ जति फेसबुकको कुल आम्दानी छ।
डेव लीका अनुसार एप्पल अप्ठेरोमा परेको छ भन्नु गल्ती हुनेछ।
यो पनि पढ्नुहोस्