तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गाजाका कर्मचारीलाई बक्यौता तलब वितरण सुरु
गाजाका हजारौं प्यालेष्टिनी सरकारी कर्मचारीहरूले लामो समयदेखि बक्यौता रहेको आफ्नो तलब बुझ्न सुरू गरेका छन्।
त्यहाँको खराब आर्थिक अवस्था र तनावपूर्ण अवस्थालाई कम गर्ने प्रयासमा चालिएको कदम स्वरुप ती कामदारलाई बाँकी रहेको तलब वितरण गर्न थालिएको हो।
हमास उग्रवादी समूहको नियन्त्रणमा रहेको गाजा क्षेत्रका मजदुरहरूलाई तलब वितरण गर्न खाडी राष्ट्र कतारले एक करोड पचास लाख डलर बराबरको रकम उपलब्ध गराएको थियो।
बीबीसी संवाददाता योलाण्ड नेल भन्छिन्, प्यालेष्टिनी सरकारी कामदारहरू आफ्नो बक्यौता तलब थाप्न बिहान सबेरैदेखि लामो लाइनमा बसेका थिए।
डलर
केहीले सय डलरको नोट हातमा लिएर तलब वितरणस्थलबाट बाहिरिएका देखिन्थे।
यो मामिलामा इजरेली अधिकारीहरूले केही टिप्पणी गरिसकेका छैनन् तर ती कर्मचारीहरूलाई वितरण गरिने पहिलो किस्ता बापतको रकम एकजना कतारी दूतले सुटकेसहरूमा भरेर गाजा स्ट्रिपमा ल्याएका बताइएको छ।
गाजामा नियन्त्रण कायम राखेको हमासले रोजगारी दिएको प्यालेष्टीनी कामदारहरूको तलबका लागि नौ करोड डलर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको छ।
इजरेलसँग औपचारिक कुटनीतिक सम्बन्ध नभएको कतार, हमासको लामो समयदेखिको साझेदार हो।
आतंकवादी
हमासलाई इजरेल, अमेरिका र युरोपेली संघले एक आतंकवादी समूहका रुपमा हेर्ने गर्दछन्।
इजरेलले अनुमोदन गरेको एक सम्झौता अन्तर्गत दोहाले गाजामा रहेको एक विद्युत गृहका लागि आवश्यक इन्धन खरिद गर्न सुरु गरिसकेको छ।
यो कदमपछि हालैका दिनमा त्यहाँ विद्युत आपूर्तिमा देखिएको समस्या वर्षौंपछि केहि सहज बन्न पुगेको देखिएको छ।
इजिप्ट र संयुक्त राष्ट्रसंघले इजरेल र हमासबीच दीर्घकालीन युद्धविराम सम्झौता हासिल गर्ने प्रयास गरिरहेका छन्।