तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ब्राजिलः पहिलो चरणमा उग्र-दक्षिणपन्थी उम्मेदवार विजयी
उग्र-दक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु ब्राजिलको पहिलो चरणको राष्ट्रपतीय चुनावमा विजयी भएका छन्।
अक्टोबर २८ मा हुने दोस्रो चरणको चुनावमा उनले वामपन्थी वर्कर्स पार्टीका उम्मेवार फर्नान्डू अडाडको सामना गर्नेछन्।
जइर बोल्सोनारुले जितका लागि आवश्यक ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव हुने भएको हो।
लगभग सबै मत गणना भइसक्दा बोल्सोनारुले ४७ प्रतिशत मत हासिल गरेका छन् भने अडाडले २८ प्रतिशत मत ल्याएका छन्।
जनमत सर्वेक्षणहरूले दोस्रो चरणको चुनावमा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएका छन्।
साओ पाउलोका पूर्व नगर प्रमुख फर्नान्डू अडाडलाई पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले समर्थन गरेका छन्।
बीबीसीकी केटी वाट्सनको विश्लेषण
जनमत सर्वेक्षणहरूले देखाएका नतिजा विपरीत जइर बोल्सोनारुले पहिलो चरणबाटै निर्वाचित हुने अपेक्षा गरेका थिए।
आइतवार मतदानमा उपस्थित भएका बेला उनले आफ्नो आत्मविश्वास दर्शाउँदै भने, "अक्टोबर २८ मा चाहिँ हामी सबै समुद्री तटमा जानेछौँ।"
हप्तौँदेखि बोल्सोनारुका समर्थकहरूले उनी निःसन्देह विजयी हुने बताउँदै आएका छन्।
बोल्सोनारु अगाडि देखिए पनि भावी नेता उनी अथवा फर्नान्डू अडाड को हुने भन्ने अन्तिम नतिजाका लागि ब्राजिलका मतदाताहरूले अर्को तीनहप्ता कुर्नुपर्ने हुन्छ।
ब्राजिलले अहिले आफूलाई निकै विभाजित र कमजोर पाइरहेको छ। मतदाताहरूसँग कुरा गर्दा तपाईँ महसुस गर्न सक्नुहुन्छ।
मलाई धेरै मतदाताले आफूहरूले 'कम खराब' उम्मेदवारलाई जिताउने बताएका छन्।
अर्को तप्का छ जो वर्कर्स पार्टीलाई कहिल्यै सत्तामा आउन दिन चाहँदैन।