तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्यारिबियन मुलुक हेइटीमा शक्तिशाली भूकम्प
क्यारिबियन मुलुक हेइटीमा भूकम्प जाँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।
दुई लाखभन्दा बढी मानिसहरूको ज्यान जाने गरी सन् २०१० मा हेइटीमा गएको भूकम्पपछिको यो शक्तिशाली भएको बताइएको छ।
कैयौँ भवनमा क्षति पुगेको विवरण प्राप्त भएका छन्। राष्ट्रपति जोभ्नेल मोइसले मानिसहरूलाई संयमित रहन आग्रह गरेका छन्।
सरकारका प्रवक्ता एड्डी ज्याक्सन एलेक्सिसले विपद्को अवस्थासँग जुझ्न एउटा कार्यदल गठन गरिएको बताएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार पोर-ड-पे शहरदेखि करिब १९ किलोमिटर उत्तर-पश्चिममा केन्द्रविन्दु बनाइ शनिवार अबेर राति भूकम्प गएको थियो।