तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इण्डोनेशिया: भूकम्प, सुनामीपछि ८०० बढीको मृत्यु
इण्डोनेशियाको राष्ट्रिय विपद् निकायले विनाशकारी भूकम्प र सुनामीका कारण सुलावेशी टापुमा अहिलेसम्म कम्तीमा ८ सय ३२ जनाको ज्यान गइसकेको जनाएको छ।
गत शुक्रवार उक्त टापुमा भूकम्प र त्यसपछि सुनामी आएको थियो।
राष्ट्रिय विपद् निकायले प्रभावित क्षेत्र पहिला ठानिए भन्दा ठूलो भएको पनि जनाएको छ।
क्षति
पत्रकार सम्मेलनमा उक्त निकायका प्रवक्ता सुतुपो पुर्वो नुग्रोहोले शुक्रबारको ७.५ म्याग्निट्यूडको भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू फसिरहेको ठानिएको जनाएका छन्।
भूकम्पपछि आएको सुनामीको छाल ६ मिटरसम्म अग्लो भएको उनले बताए।
इण्डोनेशियाको पालु नगरमा उद्धारकर्मीहरूले विपद्मा परेर पनि जीवितै हुन सक्ने मानिसहरुको खोजी गरिरहेका छन्।
पालु नजिकैको डोंगाला नगरमा भूकम्प र सुनामीको असर कति परेको छ भन्ने स्पष्ट छैन। त्यसैले अहिले उक्त नगरको अवस्थाबारे चासो बढेको छ।