तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टर्की: किन हुँदैछ लिराको अवमूल्यलन
टर्कीको मुद्रा लिराको मूल्यमा थप गिरावट आएको छ। शुक्रवार लिराको मूल्य अमेरिकी डलरको तुलनामा झन्डै २० प्रतिशतले घटेको छ।
अमेरिकी राष्ट्रपतिले टर्कीको आयातमा थप करको घोषणा गरेपछि उसै पनि खस्किरहेको लिराको मूल्यमा थप गिरावट आयो।
यसले राष्ट्रपति रेजेप ताय्यिप एर्दोआनका नीति तथा सो देशको वैदेशिक ऋण आवश्यकतासम्बन्धी अन्तर्राष्ट्रिय वित्तीय बजारमा रहेका चिन्ता दर्शाएका छन्।
सङ्केत
लिराको अवमूल्यन टर्कीको बढ्दो आर्थिक समस्याको एक टड्कारो सङ्केत हो।
डलरको तुलनामा लिराको मूल्य गत वर्ष ४० प्रतिशतले गिर्यो।
यो साता त्यो गिरावट थप तीव्र बन्यो।
टर्कीको वैदेशिक ऋण आवश्यकता तथा त्यहाँ कचल्टिएको उच्च मुद्रास्फीति वा महँगीको समस्याबारे अन्तर्राष्ट्रिय लगानीकर्ताहरू चिन्तित छन्।
साथै राष्ट्रपति एर्दोआनले देशको केन्द्रीय ब्याङ्कलाई प्रभाव पार्न खोजेकोप्रति पनि उनीहरूलाई डर लागेको छ।
कतिपयले राष्ट्रपति एर्दोआनले लिराको मूल्यलाई स्थायित्व प्रदान गर्न र महँगी नियन्त्रण गर्न त्यहाँको सरकारले ब्याज दर बढाइदिनुपर्ने ठानेका छन्।
लिराको मूल्य ओरालो लागिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीबाट हुने स्टील तथा एलुमिनियमको आयातमा कर दोब्बर पारिने घोषणा गरेका छन्।
यसले टर्कीको समस्या थप गहिरिने ठानिएको छ।