विश्वकप फुटबल: जर्मनीको लाजमर्दो बहिर्गमन

प्रशिक्षक

तस्बिर स्रोत, Reuters

सन् २०१४ को विश्वकप विजेता जर्मनी लाजमर्दो ढङ्गले रुस विश्वकपको समूह चरणबाटै बाहरिएपछि प्रशंसकहरूले आश्चर्य र निराशा प्रकट गरेका छन्।

जर्मन च्यान्सलर एङ्गेला मर्केलले पराजयले आफू दु:खी भएको बताएकी छन्।

एउटा दैनिक समाचारपत्र बिल्डले त्रासदीपूर्ण सपना वास्तविकतामा रूपान्तरण भएको उल्लेख गरेको छ।

जर्मनीको राष्ट्रिय टोलीको ट्विटर खातामा 'शब्दविहीन' लेखिएको छ जसले देशको राष्ट्रिय मनस्थिति झल्काउँछ।

खराब

चार पटकको विश्वकप विजेताले दक्षिण कोरियासँग हार बेहोरेको हो।

यो जर्मनीको सन् १९३८ यताको सबैभन्दा खराब विश्वकपबाट बहिर्गमन हो।

कोरिया

तस्बिर स्रोत, EPA

जर्मनी भन्दा बढी विश्वकप उपाधि जितेको एउटै मात्र टोली ब्राजिलले भने सर्बीयालाई दूई-सून्य गोलले हराउँदै दोस्रो चरणका लागि स्थान पक्का गरेको छ।

यसअघिको खेलमा स्वीडनलाई हराएको जर्मनी समूह एफको पुछारमा रहँदै विश्वकपबाट बाहिरिएको हो।

पराजयपछि प्रतिक्रिया दिदैँ जमन टोलीका प्रशिक्षकले समूह चरणमा नराम्रो खेलेका लागि आफ्नो टोली विश्वकपबाट बाहिरिएको प्रतिक्रिया दिए।

उनले भने, "हामी सबैले यो गल्ती कसरी भयो भने भनेर हेर्नुपर्छ। यो ऐतिहासिक हार हो। म निश्चित छु कि यसले जर्मनीमा केहि सार्वजनिक आक्रोश निम्त्याउनेछ।"

बाध्यता

जर्मनी

तस्बिर स्रोत, AFP

अर्को खेलमा मेक्सिको विरूद्ध ३-० गोलले स्वीडन विजयी भएकाले जर्मनीले प्रतियोगितामा टिकिरहन दक्षिण कोरियालाई हराउनै पर्ने बाध्यता थियो।

तर अन्तिम अतिरिक्त समयमा दक्षिण कोरियाले दुई गोल गर्यो।

नजिकैबाट किम योङ ग्वोनले गरेको गोललाई सुरूमा मान्यता नदिइएपनि पछि भिडियो अस्टिस्टेन्ट रेफ्रिसँगको परामर्शपछि मान्यता दिइएको थियो।

दक्षिण कोरियाले अर्को गोल जर्मन गोल रक्षक बीचतिर आएको मौका पारि खाली गोलपोस्टमा गरेको थियो।

ब्राजिल: समूह विजेता

जर्मनी भन्दा बढी विश्वकप उपाधि जितेको एउटै मात्र टोली ब्राजिलले भने सर्बीयालाई दूई-शून्य गोलले हराउँदै दोस्रो चरणका लागि स्थान पक्का गर्यो।

आफ्ना सुरूवाति खेलहरूमा सुस्त देखिएको ब्राजिलको टोलीमा विस्तारै सुधार देखिएको छ र उसले यो प्रतियोगितामा आफ्ना कौशल तिखार्दै गएको जस्तो देखिन्छ।

ब्राजिल

तस्बिर स्रोत, AFP

ब्राजिलका लागि पहिलो गोल पाउलिन्होले गरेका थिए।

थिएगो सिल्भाले टाउकोले गोल हानेर ब्राजिलको जीत सुनिश्चित गरेका थिए।

सन् १९७० यता विश्वको ब्राजिलले यसपटक सहित लगतार १३ औँ पटक समूह चरण पार गरेको हो।

अहिलेका प्रशिक्षक टिटे मातहत ब्राजिलले आफ्ना २४ खेलमध्ये १९ मा जित हात पारेको छ।