तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टर्की: जित्लान् राष्ट्रपति एर्दोआनले दोस्रोपटक चुनाव
टर्कीमा आइतवार भएका राष्ट्रपतीय र संसदीय चुनावमा मतदान सकिएको छ।
राष्ट्रपति रेजेप तैय्यप एर्दोआनले ठूलो मात्रामा मत खसेको बताएका छन्।
एर्दोआनले अर्को पाँच वर्षका लागि फेरि निर्वाचित हुने अपेक्षा गरेका छन्।
प्रतिस्पर्धात्मक
यी चुनावहरू वर्षौयताकै प्रतिस्पर्धात्मक हुने ठानिएको छ।
एर्दोआनले चुनाव जिते उनले आफूमा थप शक्ति केन्द्रित गर्ने भन्दै आलोचकहरूले, त्यसले प्रजातान्त्रिक शासनलाई कमजोर तुल्याउने बताउँछन्।
तर एर्दोआनलाई रिपब्लिकन पिपल्स पार्टीका मध्यवामपन्थी उम्मेदवार मुहारेम इन्जाले कडा चुनौती दिएका छन्।
जुलाई २०१६ मा भएको एउटा विफल सत्तापलटको प्रयासपछि टर्कीमा अहिले पनि संकटकालीन अवस्था जारी छ।
पछिल्ला चुनावहरू २०१९ को नोभेम्बरका लागि तय गरिएका थिए तर एर्दोआनले मिति अगाडि सारे।
उनले अहिलेको चुनावमा हालसम्मकै धेरै मत खसेको भन्दै त्यसले टर्कीको प्रजातन्त्रको परिपक्वता देखाएको टिप्पणी गरे।
छानविन
यसैबीच टर्कीको निर्वाचन आयोगले एकै व्यक्तिले धेरै मत खसालेको तथा पर्यवेक्षकहरूलाई धम्क्याइएको भन्ने विवरणमाथि छानविन गर्ने जनाएको छ।
राष्ट्रपतीय चुनावका लागि छ जना मैदानमा छन्।
यदि कसैले पनि ५० प्रतिशत नल्याए सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच फेरि चुनाव हुनेछ।
संसदीय चुनावमा चाहिँ ६०० सदस्यीय संसदका लागि राष्ट्रपतिको दल एके पार्टीले आफ्नो बहुमत कायमै राख्न संघर्ष गर्नुपर्ने ठानिएको छ।
चुनावमा टर्कीको गिर्दो अर्थव्यवस्था र आतंकवाद प्रमुख मुद्दाका रुपमा देखिएका छन्।