मोरक्को: विश्वकप २०३० का लागि राजाको निर्देशन

मोरक्कोका राजाले विश्वकप फुटबल २०३० आयोजनाका लागि प्रयास गर्न आफ्नो राष्ट्रको सरकारलाई निर्देशन दिएका छन्।

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोसँग सन् २०२६ को विश्वकप आयोजना गर्ने प्रतिस्पर्धामा मोरक्को पराजित भएपछि उनको यो निर्देशन आएको हो।

यसको पुष्टि विश्वकप २०२६ का लागि मोरक्कोले बनाएको समितिका एक जना सदस्यले गरेका हुन्।

मोन्सेफ बेल्खायाटले भने, "महाराज मोहम्मद छैठौँले मोरक्कोले विश्वकप २०३० का लागि प्रतिस्पर्धा गर्ने निर्णय लिनुभएकोमा म उत्साहित छु।"

छैँठौँ प्रयास

मोरक्कोले विश्वकप आयोजनाका लागि पाँचचोटि प्रयास गरिसकेको छ।

तर दुर्भाग्यवश कहिल्यै पनि उसका पक्षमा निर्णय भएको छैन।

यो उसको छैठौँ प्रयास हुनेछ।

रुसमा विश्वकप २०१८ सुरु हुने अघिल्लो दिन आयोजित मतदानमा तीन उत्तर अमेरिकी राष्ट्रको संयुक्त आयोजनाको प्रस्तावलाई फिफाका १३४ सदस्य राष्ट्रले समर्थन गरेका थिए।

तर दक्षिणपश्चिमी अफ्रिकी राष्ट्र मोरक्को भने ६५ मत मै सीमित भएको थियो।