तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कार्गो विमान दुर्घटनाग्रस्त, दुवै चालकको मृत्यु
मध्यपश्चिम पहाडको सुर्खेतबाट हुम्लातर्फ उडेको एउटा मालवाहक विमान दुर्घटना हुँदा विमानका दुवै चालकको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले बीबीसीलाई बताएका छन्।
मकालु एयरको एउटा इन्जिन भएको सेस्ना विमान बिहान ६ बजेर १२ मिनेट जाँदा सुर्खेतबाट उडेको थियो।
उडेको १५ मिनेट पछि विमान र एयर ट्राफिकबीचको सञ्चारसम्पर्क विच्छेद भएको थियो।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतलले बताएअनुसार त्यो विमान हुम्लाको सिमीकोटदेखि १० माइल पूर्वमा पर्ने खर्पुनाथ गाउँपालिकाको एक पहाडमा दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनाको कारण थाहा भइसकेको छैन।
मृतक चालक र सहचालकको शव हेलिकोप्टरबाट सुर्खेत लगिएको उनले बताए।