मोदीको नेपाल भ्रमण: सामाजिक सञ्जालमा नाकाबन्दीको चर्चा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवारबाट नेपाल भ्रमण सुरु गर्न लागिरहेका बेला सामाजिक सञ्जालहरूमा करिब तीन वर्षअघिको नाकाबन्दीको व्यापक चर्चा भएको छ।
#BlockadeWasCrimeMrModi अर्थात् 'नाकाबन्दी अपराध थियो मोदी' भन्ने ह्यासट्याग ट्वीटरमा धेरैले प्रयोग गरेका छन्।
कतिपयले मोदीलाई नेपालमा अभिनन्दन मात्र हैन स्वागत पनि गरिनुहुन्न भन्ने आशय व्यक्त गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
तीमध्ये केहीले तीन वर्षअघि भारतले नेपालविरुद्ध नाकाबन्दी लगाएको भन्दै मोदीले त्यसका लागि माफी माग्नुपर्ने तर्क अघि सारेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
जनकपुर र काठमाण्डूमा गर्न लागिएको नागरिक अभिनन्दनबारे पनि धेरैले प्रश्न उठाएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3
नाकाबन्दी ताका आफूले भोगेका दु:खबारे पनि अनुभव साटिएका विवरण सामाजिक सञ्जालमा देख्न पाइन्छ।
तीमध्ये कतिपयले इन्धनका लागि लाम बसेका तस्बिर तथा खाना पकाउन दाउराको प्रयोग गरेका तस्बिर समेत राखेका छन्। औषधि नपाएको पीडा पनि केहीले साटेका छन्।
कतिपयले मोदीलाई स्वागत गर्ने तयारीलाई 'नेपाली उदारता'को रूपमा व्याख्या गर्दै व्याङ्ग्यात्मक शैलीमा समेत टिप्पणी गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 4
नाकाबन्दीबारे हाल बाङ्ग्लादेशमा रहेकी युरोपेली सङ्घकी नेपालस्थित पूर्वराजदूत रेन्सी टीरिन्कको ट्वीटरमा पनि टिप्पणी आएको थियो।
तर पछि उनको ट्वीटर 'ह्याक' भएको भन्ने ट्वीट आयो।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 5
(पहिलेको ट्वीटमा 'यस्ता दृश्य सजिलै बिर्सिन सकिँदैन' भन्दै 'नाकाबन्दी अपराध थियो' भन्ने जनाउन प्रयोग गरिएको ह्याश्ट्यागसहित एउटा तस्बिर आएको थियो। यहाँसमेत प्रकाशित उक्त ट्वीट अहिले हामीले हटाएका छौं)
फरक मत
कतिपयले चाहिँ नाकाबन्दीको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा व्यक्त धारणाले नेपालीभित्रै एकआपसमा फुट ल्याउन सक्ने भन्दै सचेत गराएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 6
केहीले चाहिँ तराई आन्दोलनमा सरकारी पक्षबाट दमन भएको भन्दै त्यसको विरोध गर्न चुनौती दिएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 7









