तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के हो उत्तर कोरियाली संकट?
उत्तर कोरियाली गतिरोध एउटा त्यस्तो संकट हो जसको चरम खराब अवस्थामा पारमाणविक युद्ध निम्तिन सक्छ।
अमेरिकासँग प्रत्यक्ष कुराकानीको आकस्मिक सम्भावनाले शान्तिको आशा रहेको देखाएको छ।
तर यो एकदमै जटिल छ।
एक कदम पछाडि फर्केर हेरौं।
उत्तर कोरिया किन पारमाणविक हतियार चाहन्छ?
कोरियाली प्रायद्वीप दोस्रो विश्वयुद्धपछि विभाजित भएको थियो र कम्युनिष्ट उत्तर कोरिया स्टालिनको निरंकुश शैलीको राजनीतिक प्रणालीतर्फ लम्कियो।
विश्व मानचित्रमा एक्लिदैँ गएको उत्तर कोरिया भन्छ, उसमाथि अन्य मुलुकबाट हुनसक्ने आक्रमणलाई पारमाणविक हतियारले मात्र निरुत्साहित गर्छ।
के उत्तर कोरियाले पारमाणविक आक्रमण गर्न सक्ला?
सम्भवत सक्ला तर नगर्ला।
उत्तर कोरियाले छवटा पारमाणविक परीक्षण गरिसकेको छ।
उसका अनुसार एउटा हाइड्रोजन बम थियो।
उसले एउटा पारमाणविक बम निर्माण गरेको दाबी गरेको छ तर त्यो प्रमाणित हुन सकेको छैन।
उसको दाबी अनुसार, उक्त बम लामो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्रले बोक्ने मिल्ने सानो आकारको छ।
उससँग त्यस्तो बलिस्टिक क्षेप्यास्त्र पनि छ जुन प्योङयाङको प्रमुख विरोधी अमेरिकासम्म पुग्ने विशेषज्ञहरूको विश्वास छ।
प्रत्युत्तरमा संयुक्त राष्ट्रसंघ, अमेरिका र युरोपेली संघले कडा आर्थिक प्रतिबन्ध लगाउँदै आएका छन्।
किमलाई किन हटाउन सकिंदैन?
उत्तर कोरियासँग दक्षिण कोरिया र जापान लक्षित क्षेप्यास्त्रहरु छन्।
प्योङयाङले आक्रमण नगरोस् भनेर रोक्नलाई पहिले नै आक्रमण गरिएमा त्यसले एउटा विनाशकारी प्रतिरोध निम्त्याउन सक्छ।
त्यसले अनगिन्ती उत्तर कोरियाली जनताको ज्यान जान पनि सक्छ।
एसिया महादेशको ठूलो शक्तिका रुपमा चीन उत्तर कोरियाको सत्ता पतनबारे चिन्तित छ।
यस्तै एकीकृत कोरियाले हाल दक्षिण कोरियामा रहेको अमेरिकी फौज थप उसको सीमा नजिक ल्याउने चीनको चिन्ता पाइन्छ।
एउटा अभूतपूर्व परिवर्तन?
यसअघि निश्शस्त्रीकरणको बदलामा सहायता दिनेसम्बन्धी सम्झौताका प्रयासहरू सफल हुन सकेनन्।
तर गत ज्यानुअरी महिनामा उत्तर कोरियाले सिधै सोलसँग कुराकानी गर्यो र दक्षिण कोरियामा सम्पन्न हिउँदे ओलिम्पिक्समा सहभागिता जनायो।
त्यसलगत्तै प्योङयाङले अमेरिकासँग वार्ता प्रस्ताव गर्यो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यो स्वीकार गरे।
उत्तर कोरियाले आफू पारमाणविक निश्शस्त्रीकरणमा प्रतिवद्ध रहेको बतायो।
किम र ट्रम्पबीचको वार्ता अभूतपूर्व हुनेछ तर त्यसको विस्तृत विवरण, छलफलका विषय यकीन हुन बाँकीनै छ।