तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आक्रमणपछि दमास्कस कस्तो देखिन्छ?
- Author, लाना अन्टाकी
- Role, बीबीसी कार्यक्रम निर्माता
दमास्कसका सडकहरू अरू दिनजस्तै सामान्य देखिन्छन्।
जाँचस्थलमा सुरक्षाकर्मीहरू सामान्य अवस्थामा देखिन्छन् र अरू दिनहरूको भन्दा सुरक्षा जाँचमा कडाइ गरिएको छैन।
पसलहरू खुला छन् र मानिसहरू काममा गइरहेका देखिन्छन्।
सिरियाली टेलिभिजन भवन रहेको दमास्कसको मुख्य चोकमा दर्जनौँ मानिसहरू भेला भएर सिरिया, सिरियाली सेना र राष्ट्रपति बशर अल असदको पक्षमा नाराबाजी गरिरहेका छन्।
समर्थन
कतिपय प्रदर्शनकारीले असदको तस्वीर बोकेका छन्।
उनीहरू भन्छन्, "आफूहरू नतर्सिएको भनेर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भन्न चाहन्छौँ र सिरियाली सेना तथा राष्ट्रपतिप्रतिको हाम्रो समर्थनमा कुनै कुराले परिवर्तन ल्याउन सक्दैन।"
उनीहरूमध्ये धेरैले हमलाको अपेक्षा आफूहरूले पहिल्यै गरेको र अर्को हमला होला भन्ने नलागेको बताएका छन्।
सिरियाको सरकारी समाचार संस्था सानाका अनुसार क्षेप्यास्त्र हमलामा तीनजना घाइते भएका छन्।