सिरिया: पूर्वी गुटामा कम्तीमा ७० को मृत्यु

अमेरिकी विदेश मन्त्रालयले सिरियाको विद्रोही नियन्त्रित क्षेत्र पूर्वी गुटामा भएको रासायनिक हतियार हमलालाई 'तनावग्रस्त खबरहरू" भन्दै आफूले त्यसको अनुगमन गरिरहेको जनाएको छ।

स्वयंसेवी उद्धारकर्ताहरूको समूह ह्वाइट हेल्मेट्स्‌ले सिरियाको उक्त क्षेत्रमा पछिल्ला हमलाहरूमा १५० जनाभन्दा बढीको ज्यान गएको र सयौँ घाइते भएको जनाएको छ।

मारिनेहरूमा धेरैजसो महिला र बालबालिकाहरू रहेको उक्त समूहले बताएको छ।

मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने पनि बताइएको छ।

आरोप

तर त्यसको स्वतन्त्र पुष्टिको खबरहरू भने आएका छैनन्।

बीबीसीका मध्यपूर्व विश्लेषक एलन जोन्सटनले भन्छन्, "घटना भएको क्षेत्रमा रहेका एउटा फ्रान्सेली समाचार संस्थाका संवाददाताले उक्त क्षेत्रबाट सर्वसाधारणहरू भागिरहेको देखेको बताए। ह्वीलचेयरमा रहेका एकजना वृद्धले सहयोगका लागि याचना गरिरहेका थिए।"

राजधानी दमासकस नजिकैको विद्रोही नियन्त्रित क्षेत्रमा रहेका डाक्टरहरूले आफूहरूले क्लोरिन ग्यासले असर गरेका बिरामीहरूको उपचार गरिरहेको बताएका छन्।

सिरिया सरकारले भने त्यस्तो घातक रासायनिक ग्यासले हमला गरेको भन्ने आरोप अस्वीकार गरेको छ।

स्वंयसेवी उद्धारकर्ताहरूको समूह ह्वाइट हेल्मे‌ट्स्‌ले सामाजिक सञ्जाल ट्विटरमा राखेको तस्वीरहरूमा थुप्रै शव भुईँतल्लामा रहेको देखिन्छ।

सिरिया सरकारले रासायनिक हमलाको आरोपलाई 'मनगढन्ते' भनेको छ।