भारत र पाकिस्तानका खेलाडीहरू कश्मीर विवादमा

तस्बिर स्रोत, Getty Images
भारत र पाकिस्तानबीच कश्मीरबारे चल्दै आएको द्वन्द्वको छाया अहिले दुई देशका क्रिकेट खेलाडीहरूबीच सामाजिक सञ्जालमा पनि देखिएको छ।
पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी र भारतका पूर्वप्रारम्भिक ब्याट्स्म्यान गौतम गम्भीरले ट्विटरमा कश्मीरबारे वादविवाद र घोचपेच गरेका छन्।
मङ्गलवार अफ्रिदीले भारतको अधीनमा रहेको कश्मीरमा परिस्थिति "भयावह र कष्टप्रद" रहेको बेला राष्ट्रसङ्घ कता छ भन्ने आशयको ट्वीट गरेका थिए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
प्रतिक्रयास्वरूप गम्भीरले अफ्रिदीको 'केटाकेटी बुद्धि' भन्दै "उनको शब्दकोषमा उनले युएनलाई क्रिकेटमा जस्तै १९ वर्षमुनि उमेर भनी बुझेको" भन्दै कटाक्ष गरे।
सत्तरी वर्षअघि भारत र पाकिस्तानको विभाजन भएदेखि नै दुवै देशले पूरै कश्मीरमाथि आफ्नो अधिकार हुनुपर्ने दावी गर्दै आएका छन्।
त्यसैका लागि उनीहरूबीच दुई चोटि युद्ध भइसकेको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
अफ्रिदीले भारतमा "दमनकारी शासनव्यवस्था" भन्दै भारतप्रशासित कश्मीरमा भएको पछिल्लो हिंसा रोक्न संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरेपछि खेलाडीहरूबीच विवाद सुरु भएको हो।
गत आइतवार दक्षिणी श्रीनगरमा भएको गोली हानाहानमा कम्तीमा तीन भारतीय सैनिक र १३ सन्दिग्ध लडाकुहरू मारिएका थिए।
भिडन्तपछि सुरु भएको विरोधप्रदर्शनहरूमा चार गैरसैनिकको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए।
तर गम्भीरले अफ्रिदीले कश्मीरको परिस्थिति नबुझेको भन्दै खण्डन गरे।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3
प्रत्युत्तरमा अफ्रिदीले भारतीय प्रशंसकहरूसँग खिचेको आफ्नो तस्बिरसहित लेखे -"हामी सबैलाई सम्मान गर्छौँ। र यो एउटा खेलाडीको उदाहरण हो। तर मानवाधिकारको सन्दर्भमा हामी निर्दोष कश्मीरीहरूका लागि उस्तै अपेक्षा गर्छौँ।"
पछिल्लो समयमा कश्मीरका बारे अरू पाकिस्तानी खेलाडीहरूले पनि टिप्पणी गरेका छन्।
पूर्वखेलाडी एवम् राजनीतिज्ञ इमरान खानले सोमवार एउटा ट्वीट लेख्दै राष्ट्रसङ्घलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 4
आरोप
भारतमा गैरसैनिकहरूको हत्या भएको भन्दै उनले पाकिस्तानी जनता कश्मीरीहरूको आत्मनिर्णयका लागि प्रजातान्त्रिक सङ्घर्षको पक्षमा भएको जनाएका छन्।
कश्मीरको प्रसङ्ग उठ्दा दुवै देशबाट कडा प्रतिक्रियाहरू आउने गरेका छन्।
सन् १९८० को दशकको उत्तरार्धदेखि पृथकतावादीहरूले भारतविरुद्ध हिंसात्मक अभियान चलाएपछि दशौँ हजार मानिसहरूले ज्यान गुमाइसकेका छन्।
प्राय: भारतीय सुरक्षाफौजलाई प्रदर्शनकारीहरूविरुद्ध अनावश्यक बल प्रयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ। तर भारतीय पक्षले त्यसको खण्डन गर्दै आएको छ।
कश्मीर विवाद के हो?
भारत र पाकिस्तान ब्रिटेनबाट अगस्ट १९४७ मा स्वतन्त्र हुनुपूर्व नै कश्मीरबारे विवाद उत्पन्न भइसकेको थियो।
भारतीय स्वतन्त्रता ऐनमा कश्मीरलाई भारत वा पाकिस्तानमा सम्मिलित हुने स्वतन्त्रता दिइएको थियो।
तर कश्मीरका तत्कालीन महाराजा हरि सिंहले भारत रोजेपछि दुई देशबीच दुईवर्षे युद्ध सुरु भयो।
पछि १९६५ मा अर्को युद्ध भयो।
सन् १९९९ मा भारतले पाकिस्तानले समर्थन दिएका फौजहरूसँग छोटो तर नराम्रो द्वन्द्व खेप्नुपर्यो।
त्यति बेला दुवै देशले आफूसँग पारमाणविक हतियार रहेको घोषणा गरिसकेका थिए।









