तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विदेशी टोली नेपालमा एकदिवसीय क्रिकेट खेल्न इच्छुक: पारस खड्का
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आयरल्यान्ड, स्कट्ल्यान्ड र अफगानिस्तान जस्ता एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएका टोलीले नेपालमा आएर खेल्ने इच्छा देखाएको बताएका छन्।
बुधवार बीबीसी न्युज नेपालीको फेसबुक लाइभमा कुरा गर्दै उनले हालै जिम्बाब्वेमा भएको विश्वकप छनोट खेलहरूमा भेटिएका अन्य देशका खेलाडीहरूले त्यस्तो चाहना राखेको कुरा सार्वजनिक गरेका हुन्।
"श्रीलङ्का, पाकिस्तान र बांग्लादेश जस्ता टेस्ट राष्ट्रहरूलाई पनि चाँडै नै नेपालमा खेलाउन सकिन्छ," उनले भने।
तर त्यसका लागि एकदिवसीय अन्तर्राष्ट्रिय खेलाउन नेपालमा उचित पूर्वाधार हुनु आवश्यक रहेको उनको ठम्याइ छ।
नेपाली खेलाडीहरूले आफ्नो उत्तरदायित्व निर्वाह गरेको भन्दै उनले क्रिकेटमा भएको राजनीतिलाई अन्त्य गर्न सरकारले तत्काल अग्रसरता लिनुपर्ने उनको धारणा थियो।
अहिले पनि देश गम्भीर नभए समग्र नेपाली क्रिकेटमाथि अन्याय हुने उनको धारणा थियो।
फेसबुक लाइभमा खड्कासँगै अर्का खेलाडी सोमपाल कामीलाई पनि निम्त्याइएको थियो।
कामीले नेपाली टोलीले ऐतिहासिक उपलब्धि हासिल गर्दा आफू थप उत्साहित भएको र ठूला प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्नु आवश्यक रहेको बताए।