श्रीलंका: फेसबुकको प्रतिबन्ध फुकुवा

श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले मार्च महिनाको सुरुतिर हिंसा भड्किएपछि सामाजिक सञ्जाल फेसबुकमाथि लगाइएको प्रतिबन्ध हटाएका छन्।

राष्ट्रपति सिरिसेनाका अनुसार फेसबुकका अधिकारीहरूले फेसबुकमा घृणा फैलाउने र हिंसाका लागि उत्तेजना जगाउने खालका सामग्रीहरू आउन नदिने सहमति जनाएका छन्।

बौद्धमार्गी सिंहला समुदायको बाहुल्य रहेको क्यान्डी सहरमा मुसलमानहरूमाथि आक्रमण भएपछि फेसबुकमाथि प्रतिबन्ध लगाइएको थियो।

ती हिंसात्मक घटनाहरूमा मस्जिद र मुसलमानहरूको स्वामित्व रहेका पसलहरूमा नराम्रो क्षति पुगेको थियो।

ह्वाट्स्याप लगायत अन्य सामाजिक सञ्जालहरूमाथि लागेको प्रतिबन्ध भने बुधवार नै हटाइएको थियो।