तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘बोक्सी’ भन्दै कुट्नेविरुद्ध प्रहरीमा उजुरी
कैलालीमा तथाकथित बोक्सीको आरोपमा कुटिएकी एक युवतीको परिवारले शनिवार धनगढीस्थित जिल्ला प्रहरी कार्यालयमा पीडकविरुद्ध उजुरी दिएको अधिकारीहरुले जनाएका छन्।
घोडाघोडी नगरपालिकाकी ती १८ वर्षिया युवतीमाथि भएको कुटपिटमा संलग्न रहेको अभियोगमा रामबहादुर चौधरीलाई प्रहरीले शुक्रवार पक्राउ गरिसकेको छ।
ती किशोरी अहिले उपचारका लागि धनगढीमा छिन् र उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।
कारबाही
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक विनोद घिमिरेका अनुसार उक्त घटनामा आइतवारबाट कानुनी कारबाही अगाडि बढ्नेछ।
यसअघि इलाका प्रहरी कार्यालय सुखडले उक्त घटनामा उजुरी दर्ता गर्न नमानेको हाम्रा धनगढी संवाददाता उमीद बागचन्दले जनाएका छन्।
युवतीलाई लगातार पाँच घण्टासम्म कुटपिट र लछारपछार गरिएको थियो।
तर स्थानीय बासिन्दाले 'रमिते' बनेर बसेको पीडित परिवारले बताएका छन्।