तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वभरि बालविवाहमा उल्लेख्य कमी
संयुक्त राष्ट्रसंघको बालबालिका हेर्ने निकाय युनिसेफले विश्वभर नै बालविवाहको संख्यामा उल्लेख्य कमी आएको जनाएको छ।
गएको दशकमा २ करोड २५ लाख बालबालिकाहरू कम उमेरमै हुने विवाहबाट जोगिएको युनिसेफको अनुमान छ।
अहिले पाँच बालिकामध्ये करिब १ जनाको १८ वर्ष भन्दा कम उमेरमै विवाह हुन्छ।
एक दशक अघि भने चार बालिकामध्ये १ को १८ वर्ष भन्दा कम उमेरमै विवाह हुने गर्थ्यो।
अवस्था
युनिसेफका अनुसार दक्षिण एसियाली देशहरूमा बालविवाहको संख्यामा उल्लेख्य कमी आएको छ।
भारतमा बालिकाहरूलाई पढाएकाले र कम उमेरमै विवाह गर्दा त्यसले बालिका, उनको परिवार र समाजलाई पार्ने नकारात्मक असरबारे स्पष्ट सन्देश दिएका कारण बालविवाहमा कमी आउन सकेको युनिसेफले जनाएको छ।
अफ्रिकामा यो समस्या निकै भयावह भएको बताइन्छ।
तर यसो भनिँदै गर्दा इथियोपियामा भने बालिविवाहको दरमा एकतिहाइले कमी आएको छ।