तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अफगानिस्तान: 'तालिवान हमलामा २५ जनाको मृत्यु'
अफगान अधिकारीहरूले सन्दिग्ध तालिवान लडाकुहरूले गरेको शृङ्खलाबद्ध हमलामा २५ जनाभन्दा बढीको ज्यान गएको बताएका छन्।
एउटा पश्चिमी प्रान्तको सैनिक चौकीमा विद्रोहीहरूले गएराति हमला गर्दा कम्तीमा दुई सैनिकको ज्यान गएको उनीहरूले जनाएका छन्।
राजधानी काबुलमा भएको आत्माघाती बम हमलामा चाहिँ कम्तीमा तीन सुरक्षाकर्मीको ज्यान गएको छ।
उक्त घटना काबुलको कूटनीतिक क्षेत्रमा भएको थियो।
थप आक्रमण
हेलमन्द प्रान्तमा भएको अर्को आक्रमणमा चाहिँ दुई जना सुरक्षाकर्मी मारिएका छन्।
एक जना लडाकुले विस्फोटक पदार्थले भरिएको सवारी साधन एउटा सुरक्षा जाँचचौकीमा लगेर ठोक्काएको थियो।
हेलमन्दमै अर्को आक्रमण भएको विवरणहरूमा जनाइएको छ।
उक्त आक्रमणमा कैयौं सुरक्षाकर्मीको ज्यान गएको ठानिएको छ।