तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'दुई वर्षभित्र प्रदेश नं ४ का सबै बस्तीमा विद्युत् सेवा'
नेकपा एमालेका नेता पृथ्बी सुब्बा गुरुङले बिहीवार प्रदेश नं ४ को मुख्यमन्त्रीको रूपमा पदबहाली गरेका छन्।
पदबहाली गरेलगत्तै उनको नेतृत्वको दुई सदस्यीय मन्त्रिपरिषद्ले 'उज्यालो प्रदेश' कार्यक्रममार्फत् जनताका घरघरमा विद्युत् पुर्याउने लगायतका निर्णय गर्यो।
मन्त्रिपरिषद्का प्रवक्ता एवम् उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री रामशरण बस्नेतले सरकारले दुई वर्षभित्रमा सबै गाउँबस्तीहरूमा विद्युत् सेवा उपलब्ध गराउने एवम् पिउने पानीको व्यवस्था गर्ने र पाँच वर्षभित्रमा स्थानीय तहका केन्द्रलाई प्रादेशिक राजधानीसँग स्तरीय सडकसञ्जाल बनाएर जोड्ने निर्णय गरेको बताए।
गुरुङले नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान र लेखबहादुर थापालाई थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन्।
शुक्रबार नै प्रदेशप्रमुख बाबुराम कुँवरले गुरुङलाई मुख्यमन्त्री र नेत्रनाथ अधिकारीलाई प्रदेशसभाको सभामुखमा पद तथा गोपनीयताको शपथ गराएका थिए।